जनैपुर्णिमाको अवसरमा रिखार मन्दिरमा भक्तजनको भिड

  • १० भाद्र २०७५, आईतवार
  • 2661 पटक पढिएको

 


म्याग्दी, १० भदौँ । म्याग्दीका विभिन्न धार्मिकस्थलमा जनैपुर्णिमा अवसरमा भक्तजनको भिड लागेको छ। रघुगंगा गउपाँलिका–८ रिखार मन्दिरमा जनैपुर्णिमा अवसरमा २ सय ५० जना भक्तजनले पुजापाठ गरेका छन् । धौलागिरि हिमालको फेदीमा रहेको रिखार मन्दिरमा पुजा गरेमा मनोकान्क्षाँ पुरा हुने विश्वासले भक्तजनको भिड लागेको रिखार संरक्षण समितिका अध्यक्ष चित्रबहादुर छन्त्यालले बताए ।
रिखार मन्दिरमा म्याग्दी लगायत पर्वत, बागलुङ, कास्की लगायतको जिल्लाबाट ठुलो संख्यामा पुगेका थिए । त्यहाँ पुगेका भक्तजनलाई रिखार संरक्षण समिति, आमासमुह र युवाक्लवले भक्तजनलाई खानेबस्नेको ब्यवस्था मिलाएका थिए।
त्यस्तै जनपुर्णिमा अवसरमा अन्नुपुर्ण गाउँपालिकाको खयरबहाह, पेरीभारानी थान, नागिबराह र रघुगंगा गाउपालिकाको रुईसेमा रहेको नौली बराहमा हजारौँ भक्तजनहरुले दर्शन गरेका छन् ।