केशब घिमिरेले ल्याए तिमी जस्तो ‘चम्किलो जुन छैन’ (भिडियो सहित)

  • ६ भाद्र २०७५, बुधबार
  • 3071 पटक पढिएको

महिला हरु को महान चाड हरितालिका तीज को अवसर परेर लोकप्रिय सर्जक तथा गायक केशव घिमिरे को तीज गीत चम्किलो जुन छैन अडियो तथा भिडियो संगै बजार मा आएको छ । प्रेमी प्रेमीका ले एक अर्का लाई प्रसंशा गरेको शब्द हरु रहेको गितमा यो बर्ष कै उत्कृष्ट गित बोल माया का जोडी मोडल प्रकाश सपूत र अञ्जली अधिकारीको छमछ्म नाचेको देख्न सकिन्छ। चन्दन म्युजिक उत्पादक तथा बितरक रहेको यस गीत मा संगीता सुवेदी,बिष्णु अधिकारी,चन्द्रिका खत्री, बिकाश कार्कीको प्रस्तुति छ भने केशव घिमिरे र देबि घर्ती को स्वर साथै  घिमिरेकै शब्द,लय रहेको छ। घिमिरे कै शब्द लय रहेको दिपक कार्की को मै नाच्न नजान्नी बोल को अर्को तिज   गित पनि बजारमा आइसकेको छ ।

बिगत ११/१२ बर्ष देखि साङितिक क्षेत्र मा लागेका घिमिरे का किन्दिउला म चुरा, म पनि के छु र कमि ,चट सारी मिलाएर लाउन सिकाइदिउला, नारी त लक्ष्मी हुन, आमा ले पकाको खाउला मिठो दर,एक नम्बर ,पुराना भाका नै हराछ्न ,बचन न लाउ है लगायत लोक दोहोरी गीत जेल मा थुनेनि ,रुन्छु बार्है महिना, देखन मन लाइरन्छ, धर्ती फाटला ,आधीखोला तरेर, मागी बिबाह संगै करिब १५० भन्दा बढी गीत बजार मा आइसकेका छन् ।

दुर्गा पौडेल को छायांकन, बिजय बुढा मगर को निर्देशन, नवीन घर्ती को सम्पादन साथै निर्माण एकता फिल्म्स को रहेको छ । मेला ,महोत्सव ,पार्टी ,प्यालेस र जुन सुकै कार्यक्रम मा पनि नाच्न मिल्ने सजिला र सरल शब्द ,संगीत रहेको गित बनाएको गायक घिमिरेले बताउनुभयो । गीत को म्युजिक भिडियो पनि उत्कृष्ट रहेको छ ।