बेनी – जोमसोम सडक यात्रामा बाढी पहिरोले निम्त्याएको शास्ती (भिडियो सहित)

  • ४ भाद्र २०७५, सोमबार
  • 3209 पटक पढिएको

म्याग्दी, ४ भदौ । बेनी–जोमसोम सडक खण्ड अन्र्तगत विभिन्न स्थानमा खसेको पहिरो र कालिगण्डकी नदी कटानको कारण सडक अबरुद्ध बनेपछि यात्रुहरुलाई सास्ती भएको छ । अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीको नागढुङ्गा मुस्ताङको थासाङ्ग गाउँपालिका–४ घाँसाको काभ्रेभिरमा कालीगण्डकी नदीले सडक बगाएपछि यात्रुहरु भिरको बाटो जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।

बर्षातसंगै यस सडक खण्ड अन्र्तगत विभिन्न ठाउँमा नदी कटान र पहिरोले सडक अबरुद्ध बन्ने गरेको छ । सडक अवरुद्ध हुदाँ मुस्ताङ जाने आउने पर्यटक, तिर्थयात्री र स्थानीयबासीहरु बाटोमै अलपत्र पर्ने गरेका छन् । अबरुद्ध बनेको काभ्रेभिर र महभिरमा सडक खुलाईएको र तातोपानीमा समेत कालीगण्डकीले कटान गरेर अबरुद्ध भएको ठाउँमा बैकल्पीक ट्याक निर्माणको काम भैरहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाईजर ईन्द्रसिङ शेरचनले जानकारी दिनुभयो ।

भिडियो : इन्द्रसिङ शेरचन