मुदीमा सरसफाई अभियान सञ्चालन गरिने

  • १ भाद्र २०७५, शुक्रबार
  • 1731 पटक पढिएको

म्याग्दी, १ भदौ । धवलागिरी गाउँपालिका–४ मुदीमा गुडनेवर्स ईन्टरनेशनलको आर्थिक सहयोग,धवलागिरी गाउँपालिकाको समन्वयमा कदम म्याग्दीले बुुद्धि विकास माविमा खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिको तालिम तथा अभिमुखीकरण तालिम सम्पन्न भएको छ। विद्यालयमा आयोजित कार्यक्रममा कदम म्याग्दीकी जनस्वास्थ्य सहायक निरमाँया मिजारले गरेकी थिईन् ।

कार्यक्रममा सरसफाईले ब्यक्तिगत तथा समाजको सुन्दरतालाई सघाउने भएकाले पनि गाउँमा सरसफाई कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए । सोही अवसरमा लिल फगामी घर्तीको संयोजकत्वमा ९ सदस्यीय समिति गठन भएको विद्यालयका शिक्षक चिरन पौडेलले बताए । उनका अनुसार वडा अध्यक्ष बेग प्रसाद घर्तीले सरसफाई अभियानलाई प्रभावकारी बनाउन सघाउने प्रतिबद्धता जनाए । कार्यक्रममा विद्यालयका प्रधानध्यापक लगाएत अभिभावक, शिक्षकको सहभागिता रहेको थियो । समितिले प्रत्येक महिना गाउँटोल सरसफाईमा सक्रिय भई काम गर्ने प्रतिबद्धता जनाएको छ ।