विलबाङका पहिरो पीडितलाई राहत वितरण (फाेटाे फिचर)

  • १ भाद्र २०७५, शुक्रबार
  • 2719 पटक पढिएको

म्याग्दी, १ भदौ । विलबाङ,म्याग्दी भदौं १ गते । पश्चिम म्याग्दीको मालिका गाउँपालिका २ रुमको विकट वस्ती विलबाङका पहिरो पीडितहरुलाइ विहिवार राहत वितरण गरिएको छ । बुधवार विहान वस्ती माथिको खरिवोटको पाखोबाट आएको पहिरोले ६ घर पूर्णरुपमा पहिराले पुरेको थियो । पहिरोले घर पुरेपछि पीडितहरु आफन्तको घरमा आश्रय लिएर वसेका छन् ।

मालिका गाउँपालिकाको केन्द्र दरवाङ देखि ३ घण्टाको दुरीमा रहेको विलवाङमा विहिवार प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी,गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका,प्रहरी नायव उपरिक्षक विर वहादुर वुढा,अनुशन्धान अधिकृत अर्जुन शर्मा,उद्योग वाणिज्य संघ दरवाङ इकाईका प्रतिनिधि लगायतले टोलीले पहिरो स्थलको अवलोकन गर्नुका साथै राहत वितरण गरेको हो । विलवाङका नरवहादुर पुन,खप्रसाद पुन,चिजमान पुन,नोट वहादुर पुन,तमकुमारी पुनको घर पुर्णरुपमा पहिरोले पुरेको छ भने मनमान पुन र काशिराम पुनको घर पहिरोले क्षति पु¥याएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय अनुसार पहिरो पीडित ५ घरपरिवारलाई प्रतिपरिवार २० हजार र दुइपरिवारलाई १० हजार रुपियाँ र प्रतिपरिवार दुइथान त्रिपाल प्रजिअ सहितको टोलीले हस्तान्तरण गरेको हो । राहत वितरण गर्दै प्रजिअ अधिकारीले पहिरोले क्षति पु¥याएको घरपरिवारका लागि सुरक्षित वासस्थान र थप राहत उपलब्ध गराउन पहल गरिने बताउनुभयो ।

साथै उद्योग वाणिज्य संघ म्याग्दी र दरवाङ इकाईले उपलब्ध गराएको ३ सय ६० केजी चामल,३० केजी च्युरा,३० दाल,१८ केजी चिनी,६ पोका चियपत्ती,३६ पोका तेल,नुन १८ केजी,मस्यौरा ३० पोका र हिमाली सहकारी दरवाङले चामल ६ पीस,सावन ६ प्याक,मसला ६ पोका र धनियाँ ६ पोका पनि हस्तान्तरण गरिएको थियो ।

यसै गरि शिक्षक संघ इकाई दरवाङले पहिरो पीडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री उपलब्ध गराएको संघका अध्यक्ष गोपाल रेग्मीले बताउनुभयो । ६ घरपरिवार यतिखेर छिमेकीको घरमा आश्रय लिएर वसेका छन् । पहिरोले लत्ताकपडा,खाद्यन्न र भाडाकुडा सवै पुरेको नोट वहादुर पुनले बताउनुभयो ।

तस्विरहरु ठाकुरप्रसाद आचार्य