गुईठे र काभ्रेका पहिरो पिडितलाई सुरक्षित स्थानमा राखीने

  • १ भाद्र २०७५, शुक्रबार
  • 2203 पटक पढिएको

म्याग्दी ३१ साउन । म्याग्दीको अन्नपूर्णगाउँपालिका ३ दानाको गुईठे र काभ्रेका पहिरो पिडितलाई सुरक्षित स्थानमा सारीने भएको छ । गाउँपालिकाकाअध्यक्ष डमबहादुर पुन, उपाध्यक्ष केशमाया मगर, वडा अध्यक्ष नरसीङ पुर्जा, बेनी–जोमसोम–कोरला सडक आयोजनाकाप्रतिनिधि र पिडितहरुबीच भएको छलफलपछि उच्चजोखिममा रहेका १० घरपरिवारलाई अस्थाई रुपमा सुरक्षित स्थानमा बस्ने ब्यवस्थामिलाउने निर्णय भएको हो ।

बेनी–जोमसोम सडक विस्तारको क्रममापाखो भत्कीएर पहिरो खस्न थालेपछि गुईठेका ८ र काभ्रेका तिन घर उच्चजोखिममा परेका छन् । गुईठेका कृष्ण बस्याल, उदयबहादुर सार्की, गणेश कटुवाल, राजु बिक, देउमाया सार्की, कर्णबहादुर नेपाली, सोमबहादुर मिजार, गोविन्द केसी र दिर्घबहादुर थापाको परिवार पहिरोका कारण विस्थापितभएका छन् ।

यसैगरी काभ्रेका भक्तबहादुर पाईजा, भुमीराजपाईजा र होमबहादुर पाईजाको परिवारलाई पनी सुरक्षित ठाउँमा बसोबासको व्यवस्थामिलाउने निर्णय भएको वडा अध्यक्षपुर्जाले बताउनुभयो । पहिरो पिडितलाई बेनीजोमसोम कोरला सडक आयोजनाले जस्तापाता र खानेपानीको पाईप उपलब्ध गराउने सहमतीभएको छ ।

गुईठेका पहिरो पिडितलाई आयोजनालाई २५ एमएमको २५० मिटर खानेपानीउपलब्ध गराइएसकेको छ । गाउँपालिकाको बुधबार बसेको बैठकले पचास हजार रुपैया बिनियोजन गरेको स्थानीयअगुवा सुरत केसी (बैरागी)ले बताउनुभयो ।

सडक आयोजनाले जस्तापाता उपलब्ध गराएपछि केही समय बस्नका लागि अस्थाई टहरा निर्माण गर्ने तयारी भएको छ । पहिरो पिडितहरु हाल छिमेकी र आफन्तकोमाआश्रय लिएर बसेका छन् ।