जग्गा भाडामा लिएर ब्यवासायिक गाई–भैसीपालन

  • ३१ श्रावण २०७५, बिहीबार
  • धिरन खत्री
  • 3066 पटक पढिएको

म्याग्दी, २८ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका– २ साझपानीका लोकबहादुर भण्डारीले सदरमुकाम बेनी नजिकै पर्वतको जलजला गाउँपालिका २ बगरफाटँमा जग्गा भाडामा लिएर ब्यवसायिक गाई भैँसी पालन गर्दैै आएका छन् । गाउँमा बसेर पुर्खाहरुले गर्दै आएको खेतीलाई निरन्तरता दिदा घरखर्च चलाउन गाह्रो भएपछि विगत ६ बर्षदेखि बगरफाटँमा ३ रोपनी जग्गा भाडामा लिएर ब्यवसायिक गाईपालन गर्दै आएका हुन् ।


गाउँमा गर्ने मेहनतले दैनिक खर्च चलाउन गाह्रो भएका भण्डारीलाई सहर नजिकको जग्गा भाडा लिएर २ ओटा गाई र १ ओटाँ भैसी पाल्दै आएका छन् । दैनिक १५ लिटर दुध उत्पादन हुन्छ । गाउँमा जति मेहनत गर्दापनि बचतको कुरा छाडौँ, दैनिक घरखर्च चलाउन पनि ग्राहो भयो । तर बजारको नजिक गरेको ब्यवसायले मासिक रुपमा ३० हजार बचत भएको भण्डारीले बताए ।
भण्डारीको ब्यवासायलाई श्रीमती कमला भण्डारीले सहयोग गर्दै आएकी छन् । उत्पादन भएको दुध नजिकको सदरमुकाम बेनी बजारमा लगेर बेच्दै आएका छन् । विहानै उठेर गाईभैसी दुध दुछन । त्यसपछि फर्म वरीपरि बस्नेहरु घरमै दुध लिन आउने गर्छन । बजारमा अडर भएको दुध बजार पठाउछन् । भने गर्मियाममा दुधलाई दही बनाएर बेच्दै आएको बताए ।


दैनिक रुपमा दुध उत्पादन गरेको दुध खपतको समस्या नभएपनि ब्यवसायिक गाईपालनलाई गुणात्मक रुपमा बृद्धि गर्ने जग्गाको अभाव, बजारमा पोषिलो घासँको अभाव, दानापानी महंगो र सरकारले दिने सेवासुविधाबारे अन्योलताले ब्यवसायिक पालनमा बढाउन नसकेर तिन वटा गाई भैसीँ मात्र पालेको भण्डारीले बताए । कुनै पनि ब्यवसायमा मेहनत गरेपछि लगानी अनुसारको आम्दानी हुने भण्डारीको भनाई छ । घाँसको समस्या रहेपनि घासँ किन्नका लागि गाईभैसीको मल विक्रि गरेर पुग्छ । उनले भने ।


समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियान भन्दै दैनिक चिया पसल र चोकचोकमा राजनीतिक गफले दिन विताउने धेरै युवाहरुलाई भण्डारीको सानो लगानीबाट राम्रो आम्दानीले ब्यवसाय गर्नका लागि मेहनत भए ठुलो लगानीको खाचो नपर्ने उदाहरण देखिन्छ ।


धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l