उपचारका लागि मृगौला पीडित पार्वती विश्वकर्माले गरिन सहयोगको याचना

  • ३१ श्रावण २०७५, बिहीबार
  • 2177 पटक पढिएको

म्याग्दी, ३१ साउन । मृगौला रोगबाट पीडित म्याग्दीको रघुगंगा गाउँपालिका– १ बेगखोलाकी पार्वती विश्वकर्माले जीवन रक्षाको लागि सहयोगको अपिल गरेकी छन् । पोखराको मणिपाल अस्पतालमा उपचार गराईरहेकी ३७ बर्षिय विश्वकर्माको उपचारमा लाखौ रुपिया आर्थिक खर्च लाग्ने भएपछि सहयोगका लागि  आग्रह गरेकी  हुन् ।


आर्थिक रुपमा विपन्न रहेकी विश्वकर्माको उपचारमा लाखौ खर्च जुटाउन परिवारलाई ग्राहो भएको हुदाँ सहयोगका लागि सबैलाई आब्हान गरेका हुन् । फागनुदेखि सो रोगको पत्ता लागेको थियो, विदेशमा कमाएको ६ लाख रुपियाँ जति उपचारमा सिद्धियो, बालबच्चा साना छन् । उपचारका लागि घरको आर्थिक अवस्थाले नभ्याएपछि विभिन्न संघसंस्था, देश तथा विदेशमा रहेका सबैलाई सहयोगको लागि श्रीमानले आग्रह गरेका छन् ।आर्थिक अभावका कारण हस्पितलमा नियमित बसेर उपचार हुन नसकेको मृगौला रोगबाट पीडित विश्वकर्माले बताईन ।

उनको रोग र परिवारको अवस्था  ९८४७७३२५९८,, ९८१३६२३३९१ फोन गरेर बुझ्न सक्नुहुन्छ ।
सहयोग गर्नका लागि ग्लोवल बैंकको खाता नम्बर ४८०७०१०००३५०२ जम्मा गर्न सक्नुहुनेछ ।