बेनी–जोमसोम सडक अवरुद्ध

  • २९ श्रावण २०७५, मंगलवार
  • सन्तोष गौतम
  • 2055 पटक पढिएको

म्याग्दी २९ साउन । दर्जनौ ठाउँमा पहिरो खसेपछि म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमालीजिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक मंगलबार बिहानदेखि अवरुद्ध बनेको छ । ७६ किलोमिटर दुरीको सडकको बेनी देखि घाँसा खण्डमा पहिरोका कारण सवारी आवागतम अवरुद्ध भएको हो । सडक अवरुद्ध हुदाँ मुस्ताङ जाने आउने पर्यटक, तिर्थयात्री र स्थानीयबासीहरु बाटोमै अलपत्र परेका छन् ।

म्याग्दीको तितर, काभ्रेभिर, गुईठे, रुप्से, बैसरी, बेगखोला क्षेत्रमापहिरो खसेपछि सडक अवरुद्ध बनेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाईजर ईन्द्रसिङ शेरचनले जानकारी दिनुभयो ।
आयोजनामा परिचालनभएकानिर्माण कम्पनीका डोजर प्रयोग गरेर साँझसम्म सडक खुलाउने प्रयास भैरहेको सुपरभाईजर शेरचनले बताउनुभयो । कालोपत्रे गर्ने लक्ष्य सहित स्तरोन्नतीको काम भैरहेको बेनीजोमसोम सडकमा पहिरोको जोखिम बढेको छ ।

यसैगरी अन्नपूर्ण गाउँपालिका ४ नारच्याङको कोप्चेपानीमा कालीगण्डकीको कटानका कारण विद्यालयभवनजोखिममा परेको छ । कालीगण्डकीले धार परिवर्तन गरेर भवनतर्फ कटान गर्न थालेपछि जोखिममा परेको हो ।
फाइल तस्बिर

सन्तोष गौतम