सरकारी कार्यालयको लेखापरिक्षण सुरु

  • २८ श्रावण २०७५, सोमबार
  • धिरन खत्री
  • 2981 पटक पढिएको


म्याग्दी, २८ साउन । महालेखा परिक्षण कार्यालयको आयोजनामा म्याग्दीका सरकारी कार्यालयको लेखापरिक्षण सुरु गरिएको छ। आर्थिक बर्ष २०७४/०७५ मा जिल्लाका सरकारी कार्यालयले गरेको आम्दानी र खर्चको मलेपको आयोजनामा लेखापरिक्षण सुरु गरिएको हो ।नयाँ संघिय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहअनुसार जिल्लाका सबै सरकारी कार्यालयको विकास निर्माणमा आर्थिक पारर्दशिताको लागि र लेखापरिक्षणका क्रममा भेटिएका राम्रा पक्षलाई प्रोत्साहन र कमजोरीलाई सुधार गर्नका लागि डोरमुकाम सुरु गरिएको हो ।


मलेपले जिल्लाका स्थानीय तह र सरकारी कार्यालयको आर्थिक बर्षको लेखापरिक्षण संगै विकास निर्माणको भएको खर्च,े लेखापरिक्षणक तरिका जानकारी लिन लेखापरिक्षण सुरु गरिएको महालेखा नियन्त्रण कार्यालयका निर्देशक डोरप्रमुख दुर्गाबहादुर बस्नेतले बताए ।
बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठले आम्दानी र खर्चको स्रोतको पहिचानलाई जनतामा विश्वसनिय बनाउन लेखापरिक्षणमा डोरमुकाम प्रभाकारी कार्यान्वयन आवश्यक रहेको बताए । त्यस्तै प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले लेखापरिक्षणमा शुसासन कायम गर्न शैद्धान्तिक बेरुजुलाई हटाउन आग्रह गरेका थिए । जिल्लामा लेखापालको अभावले एक जना कर्मचारीले तिन चारओटा कार्यालय हेर्नुपर्ने समस्याले लेखापरिक्षण प्रभावकारी बनाउन समस्या भएको जानकारी दिए । अन्नपुर्ण गाउँपालिका अध्यक्ष क्यापटेन डमबहादुर पुन, धौलागिरि गाउँपालिका उपाध्यक्ष रेशम छन्त्याल, मगला गाउँपालिका वडा अध्यक्ष धनबहादुर खातीले समृद्ध नेपाल बनाउन विकास निर्माणको लेखापरिक्षण विश्वसनिय बनाउन आवश्यक रहेको बताए ।
त्यस्तै कोष तथा नियन्त्रण कार्यालय म्याग्दीका कोष नियन्त्रक प्रमुख छविन्द्र बेलवासेले जिल्लाको गत आर्थिक बर्षमा असारमा महिनामा विकास निर्माणमा ४६ प्रतिशत बजेट खर्च भएको हुदाँ यसलाई सुधारका लागि पहल गर्न महालेखालाई आग्रह गरेका थिए ।


त्यस्तै बेनी नगरपालिका प्रमुख प्रशासकिय अधिकृत लोकनाथ भुषालले लेखापरिक्षणका लागि विधि र प्रक्रियामा रहेर कार्यालयको आवश्यक डकुमेन्ट उपलब्ध गराउने प्रतिवद्धता जनाएका थिए ।
जिल्लाको सरकारी कार्यालयको लेखापरिक्षणको लागि मलेपले जनप्रतिनिधि, प्रशासकिय, लेखा र जिन्सी प्रमुख लगायतका कर्मचारीको उपस्थितमा आर्थिक कारोवारलाई पारदर्शि बनाउन नागरिक समाजले ठुला विकासका योजनाहरुको स्थलअनुगमन गर्दे लेखापरिक्षण गर्न सुझाव दिएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l