बाढी पहिरो पिडितको सहयोगका लागि अन्तराष्ट्रिय पर्वत समाजको चासो

  • २८ श्रावण २०७५, सोमबार
  • सन्तोष गौतम
  • 2589 पटक पढिएको

 

बेनी, २८ साउन । बाढिले उठिवास भएका जलजला गाउँपालिकाका परिवारलाई सुरक्षित आवासको व्यवस्था गराउन अन्तराष्ट्रिय पर्वत समाजले चासो देखाएको छ । समाजको एक टोलीले आईतबार जलजला–७ र ८ को वाढि प्रभावित क्षेत्रमा पुगेर बस्तीलाई सुरक्षित बनाउन र पीडितलाई राहात दिलाउन के गर्न सकिन्छ भनेर जनप्रतिनिधी र पीडित सँग प्रत्यक्ष अन्तरक्रिया गरेको छ । बाढिवाट विस्थापित भएका परिवारलाई बस्तीको पहिरो नियन्त्रण गरेर स्थानन्तरण गर्ने कि अन्य जग्गा खोजेर एकिकृत बस्तीमा सार्ने भन्ने बारेमा छलफल भएको छ । पीडितहरुले आफूहरुलाई सुरक्षितबासको व्यवस्थागर्न माग गरेका थिए ।

प्रतिनिधीसभाका साँसद लालकाजी गुरुङ, जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्ण, अन्तराष्ट्रिय पर्वत समाजका संरक्षक पुष्ष््प तिमिल्सीना, पर्वत समाजयूकेका अध्यक्ष दधीआचार्य, गाउँपालिका ८ का वडाध्यक्ष हरिविकास जिसी, ७ का वडाध्यक्ष टुंगनाथ शर्मा, पत्रकार सहितको टोली वाढि प्रभावित क्षेत्रमा पुगेको थियो ।

प्रभावित क्षेत्रको अवलोकन पश्चात लस्तीमा भएको कार्यक्रममा पीडितहरुको गुनासो संकलन गरिएको थियो । कार्यक्रममा बोल्दै प्रतिनिधी सभाका साँसद लालकाजी गुरुङले वाढि पीडितलाई उचित वसोबास र वस्तीको संरक्षणमा सरकारको ध्यान केन्द्रितगर्ने बताए । यसअघि पनि सरकारको ध्यानाकर्षण गराएको बताउँदै गुरुङले आफ्नै आँखाले देखेपछि झनै मर्माहत भएकाले सरकारलाई तत्काल सहयोगका लागि दवाव दिने बताए ।

उनले विदेशमा रहेका नेपालीहरुले पीडामा देखाएको सद्भाव प्रति आभार ब्यक्त गरे । वाढि पीडितको गुनासो सुनेपछि अन्तराष्ट्रिय पर्वत समाजले यहाँको सबै समस्या र बस्तु स्थितीको बारेमा आफ्नो नियमित बैठकमा विफ्रिङ गर्ने र आवश्यक योजना बनाएर राहात उपलब्ध गराउने संरक्षक पुष्प तिमिल्सीनाले बताए ।

उनले अहिले आफूहरुले केहि रकमजम्मा गरेको र उक्त रकमदिगो वसोबासमा खर्च गर्न चाहेकाले स्थलगत रुपमै सुझाव संकलनको लागि आएको बताए । पर्वत समाज यूकेका अध्यक्ष दधीआ चार्यले साउन १ गते वाढि जाँदै वित्तिकै सहयोगको अभियान चलाईएको र संकिलत सहयोगलाई व्यवस्थित तरिकाले वितरण गर्ने र सकेसम्म दिगो व्यवस्थापनमा सहयोग गर्न चाहेकाले राहातआउन ढिलो भएको बताए ।

उनले अव स्थलगत रुपमा संकलन गरेको सुझावबोकेर यूकेमा पुगेपछि संकलित रकम पीडित सम्मल्याउने बताए । उनले आफुहरु विदेशमा रहेपनि गाउँकै सपना देख्ने गरेको बताए । सहयोगलाई पारदर्शी रुपमा खर्च गर्ने र पीडितहरुलाई वास्तविक रुपमै राहातदिने योजनामा रहेको आचार्यले बताए । गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले बाढि पीडितको अवस्था र प्राप्त राहातको अवस्थाका बारेमा जानकारी गराए।

उनले वाढि आएदेखि अहिलेसम्म विभिन्न दाताहरुको सहयोग जुटाएर पीडितहरुलाई गास र वासको व्यवस्था गरिएको बताए । वाढिवाट २१ परिवार विस्थपित भएको गाउँपालिकाले जनाएको छ । अहिले बरेनेटा बस्तीभरि पहिरोका कारण वस्ने अवस्था छैन । लस्ती खोलाको कटानले लस्तीबजारका केहि घर समेत भत्किने अवस्थामा छन् । करिव १०० घर रहेको लस्तीवजार दुई तिरको खोलाले कटान गर्दै गएको छ ।

सन्तोष गौतम