साउन महिनाको अन्तिम सोमबार गलेश्वरमा भक्तजनको भिड (फाेटाे फिचर)

  • २८ श्रावण २०७५, सोमबार
  • कमल खत्री
  • 2309 पटक पढिएको

बेनी, २८ साउन । बेनी नगरपालीका –९ मा रहेको म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वरमा साउन महिनाको अन्तिम सोमबार आज भक्तजनको बाख्लो भिड लागेको छ । कालिगण्डकी नदीको किनारमा ९ रोपनी विशाल चक्रशिलामा रहेको गलेश्वरधाममा पुजापाठ गर्नका लागि म्याग्दीसंगै, बागलुङ, पर्वत, कास्की, लगायतका क्षेत्रबाट ठुलो संख्यामा भक्तजनहरु आएको गलेश्वर शिवालय क्षेत्रविकास कोषका उपाध्यक्ष पण्डित भिमनाथ पराजुलिले बताउनुभयो ।

विहान ५ बजेदेखि नै भक्तजनहरु लाईनमा बसेर गलेश्वरको दर्शन तथा पुजापाठ गरेका छन् । दिउँसो मध्यान्न सम्ममा २० हजार बढी भक्तजनहरुले पुजाअर्चना गरेको कोषले जनाएको छ । गलेश्वर शिवालयको दर्शन तथा पुजापाठ र १०८ शिवलिङ्गमा कालिगण्डकी नदीको जल अर्पण गरेमा मनोकामना पुरा हुन जनविश्वास रहेको छ ।
धार्मीक गन्थ्रहरुमा गलेश्वरमा सतीदेवीको गला पतन भएको उल्लेख छ ।

कालीगण्डकी नदीको किनारमा चट्टानमाथी अवस्थित गलेश्वरको पुजाआजा र दर्शन गरेमा मनोकाक्षा पुरा हुने विश्वासले साउन महिनाको सोमबारहरुमा मात्रै करिब १ लाख बढी भक्तजनहरुले गलेश्वरको दर्शन गरेको कोषका सदस्य सचिब माधवप्रसाद रेग्मीले बताउनुभयो ।

गलेश्वरधाममा भगवान शिवको पुजा आराधान गर्नाले मनोकांक्षा पुरा हुने विश्वासले साउने सोमबारमा भक्तजनको संख्या ह्वात्तै बढ्ने गरेको छ । मुक्तिनाथ प्रवेशद्धारको रुपमा रहेको गलेश्वर विश्वकै अलौकिक तिर्थस्थलको रुपमा परिचिछ छ ।

गलेश्वरमा भक्तजनबाट संकलन हुने भेटिलाई शिवालय क्षेत्र विकास कोषले पारदर्शी रुपमा सार्वजनिक गर्दै आएको छ । भेटीबाट संकलन हुने रकम गलेश्वरमा पूर्वाधार निर्माण र सामाजिक कार्यहरुमा खर्चिदै आइएको छ । गलेश्वरमा आउने हजारौँ भक्तजनहरुको कारण मन्दिरमा चढाउने नरिवल संगै फुलप्रसादको व्यापार समेत ह्वात्तै बढ्ने गरेको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l