अञ्चल अस्पतालबाट रिफर बिरामीको बेनी अस्पतालमा सफल शल्यक्रिया

  • २८ श्रावण २०७५, सोमबार
  • सन्तोष गौतम
  • 4519 पटक पढिएको

 


म्याग्दी २८ साउन । म्याग्दीको सदरमुकाम स्थित बेनी अस्पतालमा अञ्चल अस्पतालले रिफर गरेका बिरामीको सफल शल्यक्रिया भएको छ । बागलुङ स्थित धवलागिरी अञ्चल अस्पतालले उपचार गर्न नसकेर रिफर गरिएका गर्भवतीलाई बेनी अस्पतालमा शल्यक्रिया मार्फत सुत्केरी गराइएको हो । सुत्केरी बेथा लगेर शुक्रबार अञ्चल अस्पतालमा भर्ना भएकी बागलुङ नगरपालिका ८ सिगानाकी ३५ वर्षिया सरस्वती जिसीलाई सोहीदिन राती२ बजे अस्पतालले पोखरा रिफर गरेको थियो ।

परिवारले रातीनै ट्याक्सी खोजेर जिसीलाई पोखरा लैजाने क्रममा पर्वतको पातीचौरम ापहिरोले सडक अवरुद्ध भएपछि फर्काएर कुश्मा अस्पतालमा ल्याइएको थियो । “सडक अवरुद्ध भएपछि हेलीकप्टर खोजीएपनि रातीभएकाले सम्भव भएन” सरस्वतीकी सासु पदमकुमारी क्षेत्रीले भनिन् “कुश्मा अस्पतालकी चिकित्सक हेमा छन्त्यालले आफै बेनी अस्पताल ल्याएर शल्यक्रिया गराई सुत्केरी गराएपछि बच्चा र आमाको ज्यानबच्यो ।”प्रसब पिडामा करिब दश घण्टा छटपटिएकी जिसीको डाक्टर छन्त्यालको नेतृत्वमा बेनी अस्पतालका डाक्टर बिवेक चोवे, स्टाफ नर्स रिमा बस्याल र मनदेवीगौतमको टोलीले बिस मिनेटमै शल्यक्रिया गरेर शनिबार बिहान प्रसुती गराएको थियो । बेनी अस्पतालको बिशेष कक्षमा उपचाररत जिसी र उनका छोराको अवस्था सामान्य छ ।

“यहाँ ल्याउँदा बिरामीको अवस्था जटिल थियो तर आवश्यक औजार र जनशक्ति तयारी अवस्थामा राखीएकाले शल्यक्रिया सफलभयो” अस्पतालका प्रमुख बरिष्ठ चिकित्सक डाक्टर रोशनन्यौपानेले भन्नुभयो “बेनीमा शल्यक्रिया सेवा उपलब्ध भएपछि म्याग्दीका साथै बागलुङ र पर्वतका सर्वसाधारणले समेत सेवालिएका छन् ।”

तिन वर्षअघि ५० सैया क्षमत्तामा स्तरोन्नती भएको बेनी अस्पतालले बिरामीको स्वास्थ्य परिक्षण, परामर्श, आकस्मीक उपचार, प्रसुती, ल्याब, एक्सरेसंगै शल्यक्रिया मार्फत प्रसुती, हर्नीया, हाईड्रोशिल, एपेन्डीसाईट्स, हाडजोर्नी सम्बन्धिशल्यक्रिया सेवाउपलब्ध गराउदै आएको छ । गतआर्थिक वर्षमा अस्पतालमा प्रसुती सेवालिएका ८८९ जनामध्य७४ जनाले शल्यक्रियामार्फत बच्चा जन्माएका थिए ।

अस्पतालको अन्तरंग बिभागबाट तिस हजार ३३० र आकस्मीक कक्षबाट छ हजार ६३८ जनाले सेवा लिएका छन् । छ हजार ३१ वटा मेजर र माईनर शल्यक्रिया सेवा दिएको अस्पतालले पाँचहजार २०२ जनालाई एक्सरे, ६३७जनालाई ईसीजी र ५९३ जनालाई सुरक्षित गर्भपतन सेवा उपलब्ध गराएको छ ।

पुरानो भवन भत्काएर नयाँनिर्माण तथा स्थानान्तरण गर्नुपर्दा समस्या भएपछि सेवाप्रवाह र सेवाग्राहीको संख्यामा असर नपरेको बरिष्ठ चिकित्सक न्यौपानेले बताए । यसैबीच आर्थिक वर्ष २०७४÷७५मा अघिल्लो वर्षको सहितचार करोड २६ लाख ८९ हजार ९३६ रुपैया आम्दानी गरेको अस्पतालले दुई करोड ८४ लाख १५ हजार ८३४ रुपैया खर्च भएको जनाएको छ । अस्पतालको कोषमा एक करोड ५३ लाख रुपैया बचत रहेको अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिए ।

सन्तोष गौतम