मोना जापानद्धारा कालकारहरुलाई सम्मान

  • २७ श्रावण २०७५, आईतवार
  • 2935 पटक पढिएको

म्याग्दी, २७ साउन । म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले कलाकारहरुलाई सम्मान गरेको छ । जापानका विभिन्न साँस्कृतिक कार्यक्रमहरुमा सहभागी हुन पुग्नुभएका म्याग्देली राष्ट्रिय लोक तथा दोहारी गितगाइका लाली बुढाथोकी र देउराली पञ्चेबाजा समुहका कमल परियार लगायतका बाधकहरुलाई सम्मान गरिएको हो ।


कार्यक्रममा उहाँहरुलाई सम्मानपत्र र खादा ओढाएर सम्मान गरिएको थियो । संस्थाका बरिष्ठ उपाध्यक्ष सचिन श्रेष्ठ को सभापतित्व, मोनाका यसिया प्यासपिक संयोजक ददिवल खडकाको प्रमुख आतित्याथमा सम्पन्न भएको कार्यक्रममा कलाकारहरुलाई थप सफलताको कामना सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि खड्का, मोना जापानका साल्लाहकार महेन्द्र खड्का, तिलक मल्ल, गम जुग्जाली मगर, महेन्द्र बानिया, मोना जापानकी प्रबक्ता इन्दिरा गर्बुजा , गायकी बुढाथोकी, देउराली पञ्चेबाजा समुहका बाधक कमल परियार लगायतले मन्तव्य राख्नुभएको थियो । सो कार्यक्रमको सञ्चालन मोना जापानका महासचिब गणेश श्रेष्ठले गर्नुभएको थियो ।