गण्डकी प्रदेश फोटोग्राफर संघ स्थापना, अध्यक्षमा दुर्गा

  • २७ श्रावण २०७५, आईतवार
  • 1970 पटक पढिएको

तुलसी राम सुवेदी २६ श्रावण । ब्यवसायिक एक्यबद्धता जनाउदै गण्डकी प्रदेश अन्तगत बिभिन्न जिल्लाका फोटोग्राफरहरु एक भएर गण्डकी प्रदेश फोटोग्राफर संघ स्थापना गरे । आज गण्डकी प्रदेश अन्र्तगतका जिल्लाहरुका प्रतिनिधिहरुको पोखरामा भएको भेलाले ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो । जस अन्र्तगत अध्यक्षमा दुर्गा प्रसाद पौडेल ( कास्की ) , उपाध्यक्ष नारायण बहादुर के.सी ( पर्वत ), उपाध्यक्ष बलभद्र श्रेष्ठ ( तनहु ), महासचिव तुलसी राम सुवेदी ( कास्की ) , सचिव प्रेम प्रसाद पराजुली ( स्याड.जा ) , कोषाध्यक्ष नबिन राज पौडेल ( कास्की ) , सदस्यहरुमा नारायण गौतम (बाग्लुड.)लोक बहादुर कुमाल ( तनहुं ),बिमल खनाल ( स्याड.जा ) , रमेश श्रेष्ठ ( पर्वत ), र राममणि पौडेल , ( कास्की ) चयन भएका छन ।

त्यैसै गरि गणेश छवी , रामभक्त श्रेष्ठ , मदन सुब्बा , ईन्द्र पौडेल , माणिक रत्न श्रेष्ठ , गगनलाल शाक्य र दिनेश अधिकारी लाई सल्लाहकारमा चयन गरियो । आज नै ३ सदस्यीय बिधान मसौदा उपसमिति समेत बिस्तार गरियो । जस्मा संयोजक गणेश छवि , सदस्यमा दुर्गा पौडेल र तुलसी राम सुवेदी लाई चयन गरियो । गण्डकी प्रदेश फोटोग्राफर संघका संयोजक दुर्गा प्रसाद पौडेलको सभापतित्वमा संचालन भएको भेलाको संचालन पोखरा फोटोग्राफर संघका अध्यक्ष तुलसी राम सुवेदीले गरेका थिए ।

कार्यक्रममा पर्वत फोटोग्राफर संघका अध्यक्ष नारायण बहादुर के.सी , तनहु फोटोग्राफर संघका अध्यक्ष बलभद्र श्रेष्ठ , स्याड.जा फोटो ग्राफर संघका अध्यक्ष प्रेम प्रसाद पराजुली , पोखरा फोटो ग्राफर संघका सल्लाहकार ईन्द्र पौडेल , पोखरा फोटो ग्राफर संघका संरक्षक गणेश छवी लगायतले फोटोग्राफरहरुका समस्या र चुनौतीहरुका बारेमा आआफ्नो धारणा राखेका थिए । त्यस्तै बाग्लुङका अध्यक्ष नारायण गौतमले टेलीफोन मार्फत शुभकामना दिएरका थिए ।