नखोज्नु मलाई वसन्त ऋतुको हरियालीमा

  • २७ श्रावण २०७५, आईतवार
  • 3628 पटक पढिएको

नखोज्नु मलाई वसन्त ऋतुको हरियालीमा
म त उजाड मरुभूमिमा हराइसकेको छु

नसम्झनु है मलाई कुनै खुसियालीमा
म त दुख र आँसुको सागरमा पो डुबिसकेको छु

नखोज्नु है मलाई हजारौं दुनियाँको भीडमा
म त एक्लै जिउन बानी परिसकेको छु

नखोज्नु है मलाई ती गाउँघरको पाखा पखेरीमा
म त बालुवै बालुवाको भीडमा पुगिसकेको छु

नखोज्नु है मलाई जन्मभूमिको कुना कुनामा
म त गाउँघर छाडी समुन्द्र तरी पराइ बनिसकेकोछु

नखोज्नु है मलाई पहिलाको गाउँघरको ठेगानामा
म त अब प्रदेशी पो भइसकेको छु

रबिन्स घरब्जा छन्त्याल
मल्कबाङ्ग खानी ,  म्याग्दी 
हाल दोहा कतार