बालमैत्री कक्षा व्यवस्थापन तथा शिक्षण बिधी तालीम

  • २७ श्रावण २०७५, आईतवार
  • 3053 पटक पढिएको

बेनी, २७ साउन । धवलागिरी गाउँपालिका ७ शिवाङमा शनिबार बालमैत्री कक्षा व्यवस्थापन तथा शिक्षण बिधी सम्बन्धि शिक्षक तालीम सम्पन्न भएको छ ।

गुड नेवर्स ईन्टरनेशनलको आर्थिक सहयोग, धवलागिरी गाउँपालिकाको समन्वय र संगम म्याग्दीको आयोजनामा चार दिनसम्म सञ्चालन भएको तालीममा म्याग्दी सामुदायीक विकास परियोजना लागु भएका १९ वटा विद्यालयका एक÷एक जना शिक्षकहरुको सहभागीता रहेको थियो ।

गुड नेवर्स ईन्टरनेशनलका स्पार्ट कलासरुम अफिसर दिपक पौडेलले बालमैत्री शिक्षण बिधी र कक्षा व्यवस्थापन मार्फत सिकाई उपलब्धी वृद्धीको विषयमा सहजिकरण गर्नुभएको थियो । तालीम समापन कार्यक्रममा हेम माविका स्रोत व्यक्ति गिरीप्रसाद छन्त्याल, संगम म्याग्दीका शिक्षा विकास अधिकृत चिरञ्जिवी रेग्मी, सहभागी बलदेवी पुन र भेषनाथ गौतमले मन्तब्य व्यक्त गर्नुभएको थियो ।