बेनी–देविस्थान सम्पर्क समितिमा पुन

  • २७ श्रावण २०७५, आईतवार
  • अनिल पौडेल
  • 1387 पटक पढिएको

बेनी,  २६ साउन । बेनीमा शनिबार देविस्थान–बेनी सम्पर्क समिति गठन गरिएको छ । देविस्थानबासीको बेनीमा भएको भेलाले सुवेदार दिलबहादुर पुनको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरिएको हो । समितिको उयाध्यक्षमा तारासिँह बुढाथोकी, सचिबमा सन्दीप विक, कोषाध्यक्षमा लक्ष्मी पुन पुर्जा र सहसचिबमा धन बहादुर घर्ती छन् ।

त्यस्तै सदस्यहरुमा सुवेदार कृष्ण पुन, डोजेन्द्र फगामी, नेत्र घर्ती, खगेन्द्र पुन, रणबहादुर फगामी, दिल बहादुर रसाइली, गीता बुढा, लालमायाँ पुर्जा, निल कुमारी शेरचन र गीता पुन रहेका छन् । समितिका सल्लाहकारमा जिल्ला समन्वय समितिका उपप्रमुख लोक बहादुर मल्ल, सर्यलाल पूर्जा कौ प्रसाद बुढा रहेका छन् ।

समितिले देविस्थानको विकास र समृद्धिका जिल्ला सरोकारवाल निकायसँग समन्वय गर्ने र देविस्थानबासीहरु घटना तथा दुर्घटनामा पर्दा राहत तथा उद्दार कार्यमा लाग्ने योजना बनाएको छ ।

अनिल पौडेल