जनप्रतिनिधिलाई कानुनसम्बन्धी विषयमा अभिमुखीकरण

  • २७ श्रावण २०७५, आईतवार
  • प्रताप बानियाँ
  • 1419 पटक पढिएको

म्याग्दी, २६ साउन ।  म्याग्दीको सदरमुकाम बेनीमा शुक्रबारदेखि अन्तर्राष्ट्रिय संयन्त्रहरुसम्बन्धी राष्ट्रियस्तरमा जनप्रतिनिधिहरुलाई अभिमुखीकरण सुरु भएको छ । जनप्रतिनिधिहरुलाई कानुनसम्बन्धी विषयमा जानकारी गराउने उद्देश्यसहित कार्यक्रम गरिएको हो ।

बेनी नगरपालिकाको आयोजना, प्लान इन्टरनेशनलको सहयोग र सिविन नेपाल म्याग्दीको सहयोगमा तालिम सञ्चालन गरिएको आयोजकले जनाएका छन् । अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले कानुनसम्बन्धी विषयको अभिमुखीकरण तालिमले जनप्रतिनिधिहरुलाई न्याय सम्पादनका क्रममा सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका थिए ।

दुई दिनसम्म चल्ने तालिममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, अधिवक्ता ममतादेवी शर्मा र प्रहरी निरीक्षक दिपक थापाले सहजीकरण गर्ने भएका छन् । तालिममा बेनी नगर कार्यपालिकाका सदस्यहरु, १० ओटै वडाका अध्यक्ष तथा सदस्यसहित जनप्रतिनिधि एवं सरोकारवालाहरुको सहभागिता रहेको छ ।

नगर प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षता, उपप्रमुख सन्जु बरुवालको स्वागत र सिविन नेपाल म्याग्दीका प्रमुख प्रेम सोङमेनको सञ्चालनमा सम्पन्न कार्यक्रममा बेनी नगरपालिकाका प्रवक्ता रामकृष्ण बराईली र प्लान नेपालका क्षेत्रीय प्रवन्धक नितु आचार्यले मन्तव्य राखेका थिए ।

प्रताप बानियाँ