मैत्रीपूर्ण फुटसलको उपाधी म्याग्दी जेसीजलाई

  • २६ श्रावण २०७५, शनिबार
  • 2451 पटक पढिएको

सन्दीप खत्री
म्याग्दी । शनिबार बागलुङमा आयोजना गरिएको मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधी म्याग्दी जेसीजले हात पारेको छ । बागलुङ जेसीजको जेसीज सप्ताह अन्तर्गत आयोजना गरिएको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा आयोजक बागलुङलाई २ का विरुद्ध ७ को फराकिलो गोल अन्तरले हराउँदै उपाधी जितेको हो । म्याग्दी, बागलुङ र पर्वत जेसीजको एक आपसमा आत्मीयता, सम्बन्ध बढाउनका लागि फुटसल प्रतियोगिताको आयोजना गरिएको बागलुङ जेसीजले जनाएको छ ।     नक आउट सिस्टममा खेलाइएको फुटसल प्रतियोगितामा म्याग्दी, बागलुङ र पर्वत जेसीजको सहभागीता रहेको थियो । पहिलो खेलमा पर्वत जेसीजलाई २ का विरुद्ध ४ गोल गर्दै बागलुङ जेसीज फाईनलमा प्रवेश गरेको थियो । पर्वत माथि खेलमा दबाब जमाएको बागलुङले म्याग्दीका खेलाडि माथि भने प्रभाव जमाउन सकेन । प्रतियोगितामा प्रथम स्थान हासिल गरेसँगै म्याग्दी जेसीजले ट्रफि जित्न सफल भएको छ ।


म्याग्दी जेसीजका शाखा अध्यक्ष कमल विश्वकर्माले फुटसल प्रतियोगिताले तिन वटा शाखाका जेसीजहरुवीच बन्धुत्व र भावनात्मक सम्बन्धलाई प्रगाढ बनाउने काम गरेको बताए । म्याग्दी शाखाबाट सहभागी भएका खेलाडिहरुको कडा मेहनतका कारण उपाधी जित्न सफल भएको बताउँदै विश्वकर्माले खेलाडिहरुलाई बधाई समेत ज्ञापन गरेका छन् । कार्यक्रम म्याग्दी बागलुङ र पर्वत जेसीजका सदस्यहरुको सहभागीता रहेको थियो ।