लायन्स अफ बेनी पिस सिटिद्धारा रत्नेचौरको लक्ष्मीहरि मन्दिरमा रोपियो बोधिबृक्ष

  • २६ श्रावण २०७५, शनिबार
  • धिरन खत्री
  • 1917 पटक पढिएको


म्याग्दी, २६ साउन । लायन्स क्लव अफ बेनी पिस सिटिले रत्नेचौरको लक्ष्मीहरी मन्दिरमा बहुमुल्य बोधिवृक्ष रोपेको छ। विभिन्न क्षेत्रमा क्रियाशिल सिटिद्धारा बेनी नगरपालिका–१ रत्नेचौरमा अवस्थित लक्ष्मीहरि मन्दिर क्षेत्रमा पहिलो चरणमा ३० गोटा विरुवा रोपिएको हो । कार्यक्रममा क्लवका अध्यक्ष लोकेश पुन मगर र संस्थापक अध्यक्ष राजेश शाक्यले वडा अध्यक्ष टेक बहादुर रावललाई विरुवा हस्तान्तरण गर्दै  रोपिएको हो ।
लायन्स क्लव अन्र्तराष्ट्रिय ३२५ ‘वि’ १ अन्र्तरगत स्थापना भएको क्लवले विभिन्न क्षेत्रमा क्रियाशिल भएको बताउदै यस्तो कार्यलाई निरन्तरता दिने क्लवका अध्यक्ष लोकेश पुन मगरले बताए । क्लवले बोधिचित्तको सम्भावना रहेकाले रत्नेचौरको मन्दिरलाई छनोट गरेको थियो । कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष राजेश शाक्यले सामुदायिक क्षेत्रमा गरिएका खेतीबाट प्रत्यक्ष फाइदा लिन सकिने बताउँदै बोधिचित्तमा क्लवले थप लगानी गर्ने बताए


कार्यक्रममा बेनी नगरकार्यपालिका सदस्य गौरी थापा, मन्दिर ब्यवस्थापन समितिका उपाध्यक्ष गोविन्द बोगटी, जागरण समुहका अध्यक्ष गणेश बोगटी, भानु माविका प्रधानध्यापक भरत खत्रीको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन क्लवका सचिव भोजबहादुर रिजालले गर्नुभएको थियो ।
रत्नेचौरमा रातो माटो भएकाले धेरै क्षेत्रमा यसको सम्भावना रहेको छ । विरुवा हुर्किसकेपछि खासै हेरचाहको आवश्यकता नपर्ने राम्रो आम्दानी दिने भएकोले यो विरुवा पछिल्लो समय रोज्दै लगाउदै गरेका छन् । भएकाले पनि म्याग्दी जस्तो पहाडी जिल्लामा अझै उपयोगी मानिन्छ ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l