चौथो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको फाईनल आज हुदै

  • १२ चैत्र २०७३, शनिबार
  • सन्तोष गौतम
  • 3005 पटक पढिएको

म्याग्दी १२ चैत । म्याग्दीको बेनीमा सञ्चालीत चौथो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको फाईनल आज शनिवार हुने भएको छ ।काठमाडौको गंगटा युवा कल्वको आयोजनामा बुधबारदेखि सुरु भएको सर्वाधिक धनराशीको प्रतियोगिताको बिहीबारसम्म सेमी फाईनल खेल सकिएको छ । २३ जोडी सहभागी पुरुष डबलतर्फ नेपाल पुलीस कल्वका अनिस श्रेष्ठ र गौरब दाहाल तथा त्रिभुवन आर्मीका सुरज मर्हजन र राम राई फाईनलमा प्रवेश गरेका राष्ट्रिय अम्पाएर अनुपरत्न शाक्यले जानकारी दिनुभयो ।

यसैगरी २२ जना सहभागी पुरुष एकलमा त्रिभुवन आर्मीका रत्नजित तामाङ र नवीन श्रेष्ठ, महिला एकलमा त्रिभुवन आर्मीकै नङसल तामा र जेसीका गुरु, पुरुष एकल अण्डर सेभेन्टिनतर्फ त्रिभुवनका प्रफुल्ल मर्हजन र काठमाडौका प्रिन्स दाहाल फाईनल प्रवेश गरेका छन् ।
४५ केजी भन्दा बढी तौल समूहका भेट्रान्स डबलमा बागलुङका निर्माणकुमार श्रेष्ठ र चन्द्रकुवेर खापुङ तथा आयोजक गंगटा युथ कल्वका श्याम पराजुली र नविनबाबु श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । मिस्क डबलतर्फ त्रिभुवन आर्मी कल्वका सुरज मर्हजन र नङसल तामाङ तथा कास्कीका बिशाल खड्का र यामकुमारी गुरुङको जोडीबिच प्रतिस्पर्धा हुने भएको छ ।

प्रतियोगितामा स्थानीय सहित सात वटा बिधामा देशभरका दुई सय जना भन्दा बढी खेलाडीहरुले सहभागीता जनाएका छन् । प्रतियोगिताको पुरुष डवल तर्फ बिजेताका लागि नगद एक लाख रुपैया पुरस्कारको व्यवस्था गरिएको छ । प्रथमलाई पचास हजार देखि एक लाख, दितृयलाई २५ देखि पचास र तितृयलाई २५ देखि ५ हजार रुपैया पुरस्कारको व्यवस्था गरिएको गंगटा युथ कल्वका महासचिव दलप्रसाद गौचनले जानकारी दिनुभयो ।

सन्तोष गौतम