अर्मनमा जनश्रमदानमा सडक मर्मत (फोटो फिचर)

  • २५ श्रावण २०७५, शुक्रबार
  • 3007 पटक पढिएको

म्याग्दी, २५ साउन । म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनका स्थानीयले जनश्रमदान बाटै सडक मर्मत गरेका छन् । अर्मन पुलचोकदेखि गहते–नेटा–अर्मन हुँदै किमचौर सडक अन्र्तगत अर्मन खण्डमा एकदिनभर स्थानीयले श्रमदान गरि सडक मर्मत गरेका हुन् । बर्षातको कारण पहिरो र बाढीले सडकमा क्षेती पु¥याउँदा अबरुद्ध बनेको सडकलाई स्थानीय करिब ३५ घरधुरीले एक दिनभर श्रमदान गरि मर्मत गरेको बैशालु वातावरण संरक्षण युवा क्लब अर्मनका सचिब गोविन्द रोकाले जानकारी दिनुभयो ।

कार्यपालिका सदस्य रत्नबहादुर विक लगायतको पहलमा स्थानीयले पैरेनीमा पहिरोले अबरुद्ध बनाएको सडक र खोलाखर्कमा बाढीले बिगारेको सडकलाई समेत मर्मत गरेको सचिब रोकाले बताउनुभयो । श्रमदान मार्फत पानीको भलले सडकमा पारेको खाल्टाखुल्टी समेत मर्मत गरिएको छ ।


श्रमदान मार्फत सडक मर्मत गरेपछि अर्मन खण्डमा अबरुद्ध भएको सडक खुलेपनि नेटा खण्डमा पहिरोले अबरुद्ध बनाएको सडक मर्मत नहुँदा सवारी साधन आवत जावतमा भने समस्या कायम रहेको छ ।
तस्बीर : किरणदिप श्रीपाली