महिला सशक्तिकरणको अध्यक्षमा डिक्की

  • २४ श्रावण २०७५, बिहीबार
  • 2479 पटक पढिएको

साउन २४,पोखरा । महिला सशक्तिकरण नेपालको १६ औँ साधारण सभा तथा ७ औँ अधिवेशन बाट डिक्की कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । बिगत लामो समयदेखि महिला शसक्तिकरणको क्षेत्रमा क्रियाशिल रहेको सो संस्थाले महिला, बालबालिका र लक्षित समूहका लागि पर्यटन, शिक्षा , स्वास्थ्य र खेलकुद लगायतका क्षेत्रमा कार्य गर्दै आईरहेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी गैरसरकारी महासंघ कास्कीका अध्यक्ष पदम पहारीले महिला सशक्तिकरणको लागि प्रशस्त प्रयासहरु भएता पनि सामाजिक कुरितिका पर्याप्त प्रगती नभएकोमा चिन्ता प्रकट गर्दे यस क्षेत्रमा महिला केन्द्रित रहेर आर्थिक, सामाजिक क्षेत्र क्षेत्रलाई बलियो बनाउन महिला शसक्तिकरण नेपाल र थ्रि सिस्टरले खेलेको भुमिकाको प्रंशसा गर्नुभयो । स्वतन्त्रता र न्यायिक व्यवस्थाका निम्ति प्रदेश सरकारले महिलामैत्री कानुनको निर्माणमा लागि परेको जानकारी समेत उहाँले गराउनुभयो ।

नब निर्वाचित अध्यक्ष डिक्की कार्किले पर्यटन प्रवद्र्धनमा महिलाहरुको सहभागितालाई बढाउनका लागि संस्थाले बिभिन्न कार्यक्रमहरु गर्नुका साथै ट्रेकिङ गाईड तालिम प्रदान गरि स्वरोजगार बन्ने बाटो खुलाएको बताउँदै यस संस्थालाई यहाँ सम्म ल्याई पु¥याउन सहयोग गर्नुहुने सम्पूर्णमा आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै महिला सशक्तिकरण नेपालका संस्थापक अध्यक्ष एवं सल्लाहकार लक्की कार्कीले महिलाहरुको क्षेत्रमा रहेर लामो अनुभव संगालेको यस संस्थाले जिवन फलदायी बनाउनका लागि गरेका कामले महिलाहरुको चौतर्फी बिकासमा बिशेष जोड दिएको बताउनुभयो । उहाँले बिभिन्न क्रियाकलापमा महिलाहरुको सक्रियता बढ्दै गएको स्थानिय एवं प्रदेश सरकारबाट साथ पाएकोले अझ सशक्त भएर अगाडी बढ्न हौसला प्राप्त बताउनुभयो ।

कार्यक्रममा महिला सशक्तिकरण नेपालको बार्षिक प्रतिवेदन सचिव मन कुवँर र कोषाध्यक्ष मनु हिराचनले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाले १३ जना बालबालिकाहरुलाई शैक्षिक संरक्षणमा राखि सहयोग गरेको छ भने सोहि कार्यक्रममा यस बर्षको एस.ई.ई.को परिक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान पनि गरिएको थियो । उक्त अधिवेशनबाट अध्यक्षमा ड्रिक्की कार्कि, उपाध्यक्ष निर्मला भण्डारी, द्धितिय उपाध्यक्ष मन कुँवर, सचिव मनु हिराचन, सह–सचिव बिनिता अधिकारी बराल, कोषाध्यक्ष प्रतिमा प्रधान भूजेल, सह–कोषाध्यक्ष तारा गुरुङ्ग, सदस्यहरुमा मनु गुरुङ्ग, ज्ञानु थापा, लक्ष्मी कार्कि, प्रतिज्ञा गौतम शर्मा, बिष्णुमाया सुवेदी, मिठू लामिछाने, लक्ष्मी थापा र शोमा नेपाली चयन हुनुभएको छ ।

यसैगरि सल्लाहकारमा लक्की कार्कि, माला शर्मा र निक्की कार्कि चयन भएको बताईएको छ । सो कार्यक्रममा खहरे आमा समूहका अध्यक्ष मैया थापा भट्टराई, बङलादी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पुर्णधर सुवेदी, वङलादी आमा समुहका अध्यक्ष विनिता बराल, क्षेत्री समाज महिला संघ नेपाल लेकसाईडका अध्यक्ष रमा लामिछाने लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।