तिजको गित सुनको सिक्री बजारमा (भिडियो सहित)

  • २२ श्रावण २०७५, मंगलवार
  • 4107 पटक पढिएको

म्याग्दी, २२ असार । म्याग्दीका नवगायक कृष थापाको तिज गित ‘सुनको सिक्री’ बजारमा आएको छ । क्रियटिभ मिडिया प्रोडक्सनको प्रस्तुतीमा मंगला गाउँपालिका – ३ खर्कका नवगायक थापाले समसामयिक र पारिवारिक बिषयबस्तुलाई आधार बनाएर तयार बनाएको गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याइएको हो ।

कलाकार थापा र गायीका लक्ष्मी परियारको स्वर रहेको गितको म्युजीक भिडीयो युटुब मार्फत सार्वजनिक गरिएको छ । बलबहादुर परियारको शब्द तथा लय रहेको गितको म्युजीक भिडीयोमा कलाकार धु्रब जिसी र सिमान्त बानियाको अभिनय छ ।

म्युजिक भिडियोमा छायांकन, निर्देशन र सम्पादन भुपेन बानियाले गर्नुभएको हो । कराते खेलाडी समेत रहेका थापाले यसै गित मार्फत सांगीतीक क्षेत्रमा प्रवेश गरेका हुन् । उनी बेनीको माउन्ट एभरेष्ट आवासीय माविको कक्षा १० मा अध्ययनरत छन् ।