कतारमा लाग्दै कोहलपुर एक्सप्रेस केकी र रीमा बिश्वकर्मासंग फिल्म हेर्न पाईने

  • २२ श्रावण २०७५, मंगलवार
  • 1867 पटक पढिएको

महेन्द्रप्रसाद पोखरेल । दोहा नेपाली चलचित्रलाई निरन्तर रुपमा कतारसम्म पुर्याएर नेपाली दर्शक हरुको पहुँच सहज बनाएका कल्याण घिमिरेले कोहलपुर एक्प्रेसलाई पनि कतार प्रबेश गराउने भएका छन ।यतिमात्र होईन चलचित्र कोहलपुर एक्सप्रेससंगै नायिका केकी र रीमा समेत कतार आउँदै छिन ।
कोहलपुर एक्सप्रेसमा मुख्य भुमीकामा प्रियंका, कmृचा ,बुद्दी तामाङ लगाएतको अभिनय रहेको छ ।

राजनराज सिवाकोटी,कालिप्रसाद तथा अर्जुन पोख्रेलले सँगितबद्द गरेका छन भने चलचित्रकासबै गीत हिट छन।कमेडी तथा सस्पेन्समा आधारीत चलचित्र कोहलपुर एक्सप्रेस कतारको सनैया ईण्डष्टीयल क्षत्रको ग्राण्ड मलमा रहेको एसियन टाउन हलमा लाग्ने छ ।

२५ कतारी रियाल शुल्क रहेको सो मा स्वयम केकी र रीमासंगै बसेर चलचित्र हेर्ने ब्याबस्था मिलाईएको घिमिरेले बताएका छन । आगामी शुक्रबार ३ : ३० बजेबाट सो सुरु हुने छ । बिदेशमा रहेका नेपालीहरुलाई आफ्नोपनको आभाष दिलाउन नेपाली चलचित्रलाई मायाँ र प्रबर्धन गरौँ भन्ने मुल नाराका साथ उक्त सो हुन लागेको हो ।