स्थानीय तहले खोजेको नेतृत्व

  • ११ चैत्र २०७३, शुक्रबार
  • ई. रुद्र प्रसाद अधिकारी
  • 2943 पटक पढिएको

मुलुकमा यतीबेला स्थानीय तहको चुनावी सरगर्मी बढेको छ ।आगामी बैशाख ३१ गते हुने स्थानीय तहको चुनावमा को उठ्ने भन्ने चर्चा परिचर्चा हुन थालेको छ । देशभरका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा एकै साथ सम्पन्न हुने निर्वाचनकालागिविभिन्न पार्टीका स्थानीय स्तरका नेतालेमात्र नभई विभिन्न व्यक्तिले स्वतन्त्र रुपमा समेत उम्मेद्वारी दिने घोषणा गरेका छन् । यसै सन्दर्भमा स्थानीय तहले खोजेको अबको नेतृत्व कस्तो हो त भन्ने कुराको हेक्का राख्नुपर्ने देखिन्छ।

आसन्न निर्वाचनले झण्डै दुई दशक सम्म जनप्रतिनिधि विहिन अवस्थामा चलेका स्थानीय निकायलाई नेतृत्व मात्र प्रदान गर्दैन देशमा लागु हुँदै गरेको सङ्घीय व्यवस्थालाई समेत बलियो बनाउँछ । अतस् निर्वाचित भएर आउने जनप्रतिनिधिले एकातार्फ जनअपेक्षा  बमोजिम विकास निर्माणका कार्यलाई तीव्रता दिनुपर्ने देखिन्छ भने अर्कातर्फ संविधानको मर्म र भावना अनुसार सङ्घीय प्रणालीको जग बसाल्न भूमिका खेल्नुपर्ने देखिन्छ  ।

स्थानीय तहको नेतृत्व गर्न तम्सिरहेका जोकोहीले पनी यसपटकस्थानीय तहकोनेतृत्व लिनु भनेकोएउटा ऐतिहासिक अवसरका साथै चुनौतीका रुपमा बुझ्नु पर्दछ । देशमा लागु  भएको नयाँ संविधान बमोजिम गठित स्थानीय तहको पहिलो नेतृत्व आफुले गर्न पाउनु अवसर हो भने नवगठित स्थानीय तहमा पूर्वाधार विकास गरी आ-आफ्ना स्थानीय तहलाई सक्षम बनाउनु चुनौती हुनेछ ।

स्थानीय तहको निर्वाचनमा विजयी भई स्थानीय सरकारको बागडोर सम्हाल्ने उत्कट चाहनाले मात्र अबको स्थानीय नेतृत्व सफल हुँदैन । तसर्थ एक कुशल नेतृत्व तथा व्यवस्थापकमा हुनुपर्ने गुणका अलावा स्थानीय तहको नेतृत्वकर्तामा निम्न गुणहरु हुनु आवश्यक छ ।

विकासप्रेमीस् विगत १९ वर्ष देखि स्थानीय निकायको चुनाव नहुँदा कर्मचारीको भरोषामा विकास निर्माणका कार्यहरु भए । राजनीतिक सहमतीका नाममा दलीय भागवण्डामा योजनाहरुबाँढिदाविकास निर्माण भन्दा पनी पार्टीका कार्यकर्ता पोष्नेकाम बढी भयो ।

अतस् जन आकांक्षा अनुसार स्पष्ट खाका सहित विकास निर्माणका कार्यलाई तीव्रता दिनु स्थानीय तहका नेतृत्वकर्ताको पहिलो प्राथमिकता हुनुपर्दछ । दुरदर्शीस् विगतका स्थानीय निकायहरु भङ्ग भई हालका स्थानीय तहहरु गठन भएको र कार्यप्रणाली पनी विगतमा भन्दा फरक हुने कुरामा नेतृत्वकर्ता पूर्ण रुपमा जानकार हुनुपर्दछ ।

आफ्नो गाउँपालिकाया नगरपालिकाको केन्द्र, वडाकार्यालयहरु स्थापना गर्ने क्रममा विवाद हुनसक्ने हुँदा बहुसंख्यक जनताको हित हुने गरी निर्णय लिनु आवश्यक छ । साथै आफ्नो स्थानीय तहलाई सबल र सम्वृध्द बनाउनउपलब्ध श्रोत साधनको अधिकतम प्रयोग र आन्तरिक आय वृध्दि गर्ने उपाय निकाल्नुपर्दछ । नेतृत्वकर्ताले यस किसिमका निर्णय गर्दा दुरदर्शी हुनुपर्दछ ।

पङ्चुअल ९समयनिष्ठ०स् भनेको काम भनेको समयमा गर्ने, बचनको पक्का र भर पर्न लायक नेतृत्व जनताले चाहेका छन् । यो तथ्यलाई मनन गर्दै आफुले गर्न सक्ने कामको मात्र आश्वासन दिनुपर्दछ र सोहि अनुरुप कार्य गर्नुपर्दछ। खोक्रे आश्वासन र झुटको खेतीले जनता आक्रान्त भैसकेका छन् । यस्ता कुरालाई अबको नेतृत्वले राम्ररी ख्याल गर्नुपर्दछ । डाइनामिक ९परिवर्तनशील०स् समय र परिस्थिति अनुसार निर्णय लिन सक्ने नेतृत्वको अर्को क्षमता हो ।

विभिन्न अवसरको सदुपयोग गर्न र चुनौतिको सामना गर्न नेतृत्वमा परिवर्तनशीलताको गुण हुनै पर्दछ । आधुनिकीकरण र भूमण्डलीकरणको वर्तमान समयमा यथास्थितिबादी सोच त्यागी बदलिँदो समाजअनुरुप आफुलाई परिवर्तन गर्न सक्नुपर्दछ।

प्रविधिमैत्रीस् आफ्नो क्षेत्रमा हुने विकास निर्माणका कार्यमा आधुनिक प्रविधिमा जोड दिनुका साथै कार्यालयबाटप्रवाह हुने सेवा सुविधामा सूचना तथा संचार प्रविधिको प्रयोगमा जोड दिनु आवश्यक छ । यसका लागि लागि सामाग्री, पूर्वाधार र जनशक्तिको व्यवस्थापनमा ध्यान दिनुपर्दछ ।
स्थानीयतहको अबको नेतृत्व युवा जोश र नविनतम सोचको सहितको हुनुपर्दछ ।

नेतृत्व परिपक्व त हुनैपर्दछ साथसाथैशिक्षित, ईमान्दार र असल आचरणयुक्त हुनु आवश्यक छ । त्यतिमात्र होइन अबको स्थानीय नेतृत्व स्पष्ट वक्ता हुनुका साथै सबैको कुरा सुन्न सक्ने सामर्थ्ययुक्त हुनुपर्दछ । सरकारी कामकाजमा हुने ढिला सुस्ती, गैर जिम्मेवारीपन र भ्रष्टचार नियन्त्रण गर्न अबको स्थानीय नेतृत्वले अग्रणी भूमिका खेल्नुपर्दछ ।

पारदर्शिता, जवाफदेहिता र जनताप्रति उत्तरदायी हुने असल शासनका औजारलाई आत्मसाथ गर्दै दिगो विकासका लागि कार्य गर्नु नेतृत्वकर्ताकोकर्तव्य हुन आउँछ  । विशिष्ट ज्ञान आवश्यक पर्ने एवं प्राविधिक क्षेत्रसंग सम्वन्धित कार्य गर्दा छुट्टैसल्लाहकार राखी कार्य गर्नु बुध्दिमानी हुन्छ ।

कार्यालयकाअनावश्यक खर्च कटौती गरी जनताको सेवा सुविधा वृध्दिमा बिशेष ध्यान दिनु, विकास निर्माणका कार्यमा अनुगमन र मुल्यांकनलाई प्रभावकारी बनाउनु र समय समयमा जनताको घरदैलोमा गई जनताको पिर मर्का बुझ्ने अभ्यास गर्नुले अबको स्थानीय तहको नेतृत्वकर्तालाईसफलतातर्फ उन्मुख गराउँछ । ( लेखक अधिकारी पोखरा-२४, कास्कीकोट, कास्की घर भई हाल संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसीडीपी) अन्तर्गत जिल्ला समन्वय समितिको कार्यालय म्याग्दीमा सूचना तथा संचार प्रविधि स्वयम्सेवक इन्जिनियर हुन् ।)

ई. रुद्र प्रसाद अधिकारी