“छोरी कि आमा बन्थेउ यार” तिज गितको भिडियो छायांकन

  • २१ श्रावण २०७५, सोमबार
  • 3047 पटक पढिएको


म्याग्दी, २१ साउन । महिलाको महान चार्ड तिजलाई लक्षित गर्दै छोरी कि आमा बन्थेउ यार भन्ने बोलमा रहेको तिज गितेको भिडियो छायांकन गरिएको छ । गायक बलबहादुर परियारको लय, शब्द तथा स्वरमा सजिएको तिज गितमा गायीका लक्ष्मी परियारले साथ दिएकी छन् ।
छोरी की आमा बन्थेउ यार भन्ने मर्म स्मर्शी शब्दहरुलाई तिजको कोशेलीको रुपमा लिदै भिडियो समेत छायांकन गर्दै बजारमा ल्याउन लागिएको हो । जीवन सेन्च्युरीको निर्दैशन रहेको उक्त म्युजिक भिडियोमा मोडल राजकुमार परियार र बर्षा थापा मगरले अभिनय गरेका छन् । मोडेल परियार विभिन्न गितमा निर्देशन तथा अभिनय गरिसकेका छन् ।
शिवदर्शन म्युजिक कम्पनीबाट भिडियो गित ल्याउने तयारी गरिएको छ । तिज गितको सुटिङ बेनी नगरपालिका ५ पुलाचौरको धार्मिक पर्यटकियस्थल पौलस्त्य मन्दिरमा गरिएको छ ।