हराएको ३३ किलो सुन भेटियो ! भिडियो सहित)

  • १६ श्रावण २०७५, बुधबार
  • 2733 पटक पढिएको

म्याग्दी, १६ साउन । बहुचर्चित हराएको ३३ किलो सुन भेटिएको छ । तर यो बास्तविक रुपमा नभएर तिजको गितमा भेटिएको हो । म्याग्दीका चर्चित लोक तथा दोहोरी गायक एवम मोडेल सज्जन बोहोरा र लोक दोहारी गायीका बिमला श्रीषले यस बर्षको तीज पर्वलाई लक्षित गरि बहुचर्चित ३३ किलो सुनको सन्दर्भलाई समावेश गरि तिज गित बजारमा ल्याएका हुन् ।

सामाजिक बिषयबस्तुमा ३३ किलो सुन काण्डको सन्दर्भलाई समावेश गरि निर्माण गरिएको सो गितमा गायक बोहोरा र गायीका श्रीषले स्वर भरेका छन् । प्रविण खत्रीको शब्द संकलन रहेको सो गितमा लय गायक बोहोराकै रहेको छ ।

म्युजिक भिडियोमा समेत गायक बोहोरा र गायीका श्रीषले नै अभिनय सहितको नृत्य गरेका छन् । गायक बोहोराले यस अघि पनि विभिन्न गितहरुमा स्वर भर्नुको साथै अभिनयहरु समेत गरेका छन् । मेसना डिजिटल कम्पनीबाट युट्युब मार्फत सर्वजनिक गरिएको सो गितको म्युजिक भिडियोमा एकेन्द्र सारा संकरले निर्देशन गरेका छन् ।