मोना जापान र देउराली पञ्चेबाजा समुहद्धारा आयोजित समर विविक्यु भव्य रुपमा सम्पन्न (भिडियो सहित)

  • १४ श्रावण २०७५, सोमबार
  • 2578 पटक पढिएको

म्याग्दी, १४ साउन । जापानमा रहेका म्याग्देलीहरुलाई गोलबद्ध गर्न आयोजित समर विविक्यु कार्यक्रम विबिध प्रतियोगिता सहित साँगेतिक माहोलमा सम्पन्न भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान र देउराली पञ्चेबाजा समुहको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा जापानमा रहेका म्याग्देलीसंगै विभिन्न संघ संस्थाबाट समेत बाख्लो सहभागीता जनाएका थिए । सो अवसरमा सञ्चालन भएको चिठ्ठा कार्यक्रममा दिपा गिरी प्रथम र विश्वास गर्वुजा द्धितिय हुँदै क्रमश नगद ५ हजार र ३ हजार जापानी ऐन सहित पुरस्कृत भएका थिए ।

 

त्यसैगरि महिला छेलो फाल्नेमा लक्ष्मी केसी प्रथम र सविना छन्त्याल द्धितिय हुँदै क्रमश नगद ४ हजार र ३ हजार ऐन तथा पुरुष छेलो फाल्नेमा प्रथम भएका राजेश मल्ल र द्धितिय भएका नारायण खड्कालाई क्रमश नगद १० हजार र ३ हजार ऐन तथा अन्धनिसानमा प्रथम हुन सफल दिपा गिरीलाई नगद ५ हजार ऐन सहित पुरस्कृत गरिएको मोना जापनका महासचिब गणेश श्रेष्ठले जानकारी दिए । कार्यक्रममा चर्चित लोकदोहोरी गायिका लाली बुढाथोकीको प्रस्तुती रहेको थियो भने देउराली पञ्चेबाजाले सबैलाई छमछमी नचाएको थियो ।

जापानमा रहेका म्याग्देलीहरुलाई गोलबद्ध गराउने उदेश्यले आयोजित सो कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई मोना जापानका अध्यक्ष दिपक कार्कीले आभार व्यक्त गरेका छन् । अध्यक्ष कार्कीले मोना जापानका बरिष्ठ उपाध्यक्ष सचिन श्रेष्ठ र देउराली पञ्चेबाजा समुहका देवेन्द्र भण्डारीलाइ कार्यक्रम संयोजकको भूमिका सफलतापूर्वक सम्पन्न गरेकोमा समेत धन्यबाद ज्ञापन गरेका छन् ।  उक्त अबवसरमा कलाकार लाली बुढाथाेकी, सनैका बाधक कमल परियारलाइ समेत सम्मान गरिएकाे थियाे ।