अण्डर –५ फूटबल प्रतियोगिता सम्पन

  • १३ श्रावण २०७५, आईतवार
  • 2675 पटक पढिएको

न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयमा संचालित अन्डर ५ फुटबल प्रतियोगिता सकिएको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा हरियो सदनलाई २ का बिरुद्ध ३ गोल गर्दै पहेलो सदन बिजेता बनेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा पहेलो सदनले हरियो सदनलाई हराउदै जित हात पारेको हो । हरेक वर्ष बर्षे बिदा शुरुहुनुभन्दा अघि संचालन हुने यो प्रतियोगिता विद्यार्थीहरुका लागि विश्व कप जत्तिकै महत्वपुर्ण र रोचक हुने गर्दछ ।

यसरि खेल खेलाउदा खेलाडी पहिचान गर्न सजिलो हुने र अन्तर विद्यालय एवं जिल्ला स्तरीय खेलकुदमा सहभागी गराउन सकिने हुनाले विद्यार्थीहरु निके उत्साहित हुने खेल शिक्षक दिपेन राइले बताए । त्यसैगरी अघिल्ला बर्षहरु भन्दा यस खेल र खेलाडीको स्तर धेरै माथि भएको साथै स्तरीय खेल खेलेको शिक्षक अभिभाबक संघका अध्यक्ष दिल कुमार श्रेष्ठले बताए ।


खेलमा सर्बा्धिक गोलकर्ता पहेलो सदनका बिसाल पटेल, उत्कृष्ट खेलाडी उत्कृष्ट गोल किपर उत्कृष्ट डिफेन्डर भएका छन । प्रथम हुने टिम र खेलाडीहरुले ट्रफी मेडल र प्रमाणपत्र साथै आफ्नो सदनको लागि ४ ,३ २, र १ अंक प्राप्त गर्ने गर्दछन ।

त्यसैगरी तेश्रो स्थानको लागि भएको खेलमा रातो सदनले निलो सदनलाई २ का बिरुद्ध ३ गोल गर्दै तेश्रो भएको छ र रातो सदनले चौथो स्थान हासिल गर्दै आफ्नो सदनको लागि १ अंक जोडेको छ । बर्षे विदा सकिए लगत्तै विद्यालयको प्रर्थना सभामा पुरस्कार वितरण गरिने भाइस प्रिन्सिपल सरोज लाकान्द्रिलाइ उद्घ्रित गर्दै वेस्ट पोइन्ट मिडिया हबले जनाएको छ ।