साहित्यकार सस्मितको कृति विलोकनको लोकार्पण

  • १२ श्रावण २०७५, शनिबार
  • सन्दिप शर्मा
  • 2948 पटक पढिएको

म्याग्दी, १२ साउन । म्याग्दीका युवा साहित्यकार शिव सस्मितको विलोकन मुक्तक संग्रहको शनिबार बेनीमा लोकार्पण गरीएको छ । यस भन्दा अगाडी तिनओटा कृतिहरु डाएरीमा टाउकेहरु हास्य ब्यङ्गय निबन्ध संग्रह २०६९, बहाब गजल संग्रह २०७२, धुमिल आकाश शैक्षिक उपन्यास २०७२ प्रकाशित गरेका सस्मितको विलोकन मुक्तक संग्रह चौथो कृतिकाे रुपमा रहेको छ ।


धौलागिरी कला तथा साहित्य मञ्च बाग्लुङको आयोजनामा साहित्यकार सस्मितको गृह जिल्ला बेनीमा म्याग्दीसंगै बागलुङ, पर्वत लगाएका जिल्लाका साहित्यकारहरुको उपस्थितीमा मुक्तक संग्रहको लोकार्पण गरिएको थियोे । संग्रहको लोकार्पण गर्दै कार्यक्रममा अग्रज तथा बरिष्ठ साहित्यकार प्रेम छोटाले साहित्य सेवाको भावनाले गरिने भएकाले साहित्य सेवाको घर रहेको बताउनु भयो । उहाँले साहित्य मार्फत राष्ट्रको नाम विश्वसामु चिनाउन साकीने बताउँदै साहित्यकार हरुले समसामाजिक कुराहरुमा कलम चलाउनुपर्ने बताउनु भयो ।


सोही कार्यक्रममा बोल्दै बरिष्ठ साहित्यकारद्धय महेशचन्द्र प्रधान तथा धुर्वलाल शर्माले साहीत्य मार्फत शिक्षा ग्रहण गर्न तथा प्रदान गर्न दुवै मिल्ने भएकाले पनि साहित्यको विकाश जरुरी रहेको बताउनु भयो ।


धौलागीरी कला तथा सहित्य मञ्च बाग्लुङकी अध्यक्ष जयन्ति थापाको अध्यक्षतामा सम्पन्न भएको लोकार्पण कार्यक्रममा वरिष्ठ साहित्यकारहरु अजयमिलन श्रेष्ठ, भत्त कार्की, रेखा कौशल रेग्मी लगाएतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा म्याग्दीका बरिष्ठ साहित्यकार रामप्रसाद सुवेदीले सस्मितको कृति विलोकन माथि समिक्षा गर्नु भएको थियो । संस्थाका सचिव प्रेम मगरको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा सदस्य गंगा बाँनियाले स्वागत गर्नु भएको थियो ।

सन्दिप शर्मा