जापानमा रहेका म्याग्देलीलाई गोलबद्ध गर्न समर विविक्यु कार्यक्रमको आयोजना

  • १० श्रावण २०७५, बिहीबार
  • 2463 पटक पढिएको

म्याग्दी, १० साउन । जापानमा रहेका म्याग्देलीहरुलाई गोलबद्ध गर्न समर विविक्यु कार्यक्रमको आयोजना गरिने भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान र देउराली पञ्चेबाजा समुहको संयुक्त आयोजनामा साँगेतीक कार्यक्रम सहितकाे समर बिबिक्यु कार्यक्रम आयोजना गर्न लागिएको मोना जापानका महासचिब गणेश श्रेष्ठले जानकारी दिनुभयो ।

जुलाई २९ तारिकका दिन हुने सो कार्यक्रममा चर्चित लोकदोहोरी गायिका लाली बुढाथोकिको बिशेष साँगेतिक प्रस्तुती रहनेछ । त्यसैगरि देउराली पञ्चेबाजा समुहको समेत प्रस्तुतीहरु रहनेछन् । सो अवसरमा विभिन्न संघ संस्थाका साथै जापानमा रहेका सम्पूर्ण म्याग्देलीहरुलाई उपस्थितिको लागि आह्वान गरिएको महासचिब श्रेष्ठले जानकारी दिनुभयो ।

जापानमा रहेका म्याग्देलीहरुलाई जमघट गराएर मोना जापानमा गोलबद्ध गराउने र विभिन्न सामाजिक कार्यहरुमा हातेमालो गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रमलाई सफल बनाउन मोना जापानका बरिष्ठ उपाध्यक्ष सचिन श्रेष्ठ र देउराली पञ्चेबाजा समुहका देवेन्द्र भण्डारीलाइ कार्यक्रम संयाेजक चयन गरिएकाे छ । सो कार्यक्रमको तयारी समेत पुरा भएकाे छ ।