नेपाल मगर संघ इजरायलको बार्षिकोत्सव तथा अधिबेशन सम्पन्न ,अध्यक्षमा लिला थापा चयन

  • ७ श्रावण २०७५, सोमबार
  • 3136 पटक पढिएको

म्याग्दी, ६ साउन । रोजगारीको शिलशिलामा इजरायलमा रहेका मगर समुदायहरुको संस्था नेपाल मगर संघ शाखा इजरायलले “भेषभुषा ,भाषा, धर्म ,संस्कृतिको संरक्षण एवंम बिश्व भरिका मगरहरुको एकता अहिलेको अवश्यकता“ भन्ने मुल नाराका साथ पाँचौ बार्षिकोत्सव तथा तेस्रो अधिबेशन बिशेष कार्यक्रम गरि समापन गरेको छ । उक्त कार्यक्रममा नेपाल मगर संघ शाखा इजरायलकी अध्यक्ष बिष्नु पुन मगरको सभापतित्व , नेपाल मगर संघ केन्द्रकी केन्द्रिय महिला उपाध्यक्ष गंगा थापा (खासु ) मगरको प्रमुख आतिथ्यता ,एनआरएनए इजरायलका अध्यक्ष छिरिङ शेर्पा र नेपाल आदिवासी जनजाति महासंघ इजरायलका अध्यक्ष नरेश कुमार श्रेष्ठको विशेष अतिथ्यता रहेको उक्त कार्यक्रममा विभिन्न जातिय ,सामाजिक ,राजनीतिक ,धार्मिक ,साहित्यिक संघ ,संस्थाहरुको अध्यक्ष तथा प्रतिनिधिको साथै संचारकर्मीहरुको पनि बाक्लो उपस्थिति रहेको थियो ।


अधिबेशनबाट लिला थापा मगरको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ । प्रथम उपाध्यक्षमा जय पुन मगर,द्धितीय उपाध्यक्षमा मन राना मगर, तृतीय उपाध्यक्षमा सुर्य राना मगर, महासचिबमा धनु काउचा मगर , सचिबमा बिबश आले मगर,सह–सचिबमा मन कुमारी पुर्जा मगर, कोषाध्यक्षमा चित्र जुग्जाली मगर, सह–कोषाध्यक्षमा रोजा थापा मगर, सास्कृतिक बिभाग संयोजकमा सिमोन पुर्जा मगर, साँस्कृतिक बिभाग सह–संयोजकमा रोजिना थापा मगर चयन भएका छन् । त्यसैगरि सदस्यहरुमा कमला गर्बुजा मगर, बिध्या थापा मगर, बिजय पुन मगर, शुशिला थापा मगर, माया आले मगर, लक्ष्मी थापा मगर, ललिता तिलिजा मगर ,कुसुम पुर्जा मगर, तुल घर्ति मगर, सिता पुर्जा मगर चयन भएका छन् ।


कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर संघ केन्द्रकी केन्द्रिय महिला उपाध्यक्ष गङगा थापा (खासु ) मगरले आफुलाई नेपाल मगर संघ इजरायलले निमन्त्रणा गरेकोमा खुशी व्यक्त गर्दै कुनैपनि जातिको जातिय विकास हुनु भनेको नै सिङ्गो राष्ट्रको बिकास हुनु रहेको बताउनुभयो । राज्यले सबै जातजाति,भाषाभाषीहरुको संरक्षण र सम्बर्द्धन गर्न ध्यानाकर्षण गर्नुभयो । कार्यक्रममा जनजाति माहासंघ इजरायलका अध्यक्ष नरेश कुमार श्रेष्ठ , एनआरएनए इजरायलका अध्यक्ष छिरिङ शेर्पा लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा नेपाल मगर संघ इजरायलकी प्रथम उपाध्यक्ष लिला थापा मगर ले स्वागत मन्तव्य राख्नुहुदै ब्यस्त समयको बाबजुद पनि मगर संघ इजरायलको पाँचौ बार्षिकोत्सव तथा तेस्रो अधिबेशनमा उपस्थित जनाईदिनुहुने सम्पुर्णप्रती धन्यवाद दिदै सबैलाई स्वागत गर्नु भएको थियो ।मन्तव्य दिने क्रममा नेपाल मगर संघ इजरायलका संरक्षक तारा काउचा मगर ज्युले संस्था स्थापनाकालदेखि यहाँ सम्म ल्याइ पुर्याउन योगदान दिने सबैलाई सम्झदै सबैले आ–आफ्नो जिम्मेवारी कटिबद्ध भएर पूरा गर्न र पहिचानको लडाइँमा एकजुट भएर लाग्न प्रेरित गर्नु भएको थियो भने कोषाध्यक्ष मन कुमारी पुर्जा मगरले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।त्यसैगरी संस्थाकै महासचिव जमुना थापा मगर ले २०१७/१८ मा संस्थाले गरेको हरेक काम हरुको कार्यविवरण क्रमबद्ध रूपमा जानकारी गराई आगामी दिनमा नयाँ बन्ने कार्यसमितिले झनै धेरै काम गरोस भनी शुभकामना दिनु भएको थियो ।

अन्तमा कार्यक्रमको समापन गर्दै कार्यक्रम सभापती बिष्नु पुन मगरले कार्यक्रम सफल पार्न प्रत्यक्ष ,अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै आगामी दिनमा नयाँ बन्ने कार्यसमितिले बिगतमा अपुरो रहेको कामहरु पूरा गरोस भन्ने आग्रह गर्नु भएको थियो भने कार्यक्रम संचालन नेपाल मगर संघ इजरायलका महासचिव र सचिव क्रमसः जमुना थापा मगर र बिबश आले मगरले गर्नु भएको थियो भने कार्यक्रमको संयोजकको जिम्मेवारी सह–सचिव चित्र जुग्जाली मगर र हल ब्यबस्थापन को जिम्मेवारि सदस्य धनु काउचा मगरले कुशलतापुर्वक निभाउनु भएको थियो । कार्यक्रममा मगर कलाकारहरुले मगर संस्कृती झल्कने नृत्य अनि सांगीतिक प्रस्तुतिहरु पस्किनु भएको थियो । बिगत दुई महिना अगाडी बाट भाग्यशाली चिठ्ठा अभियान संचालन गरिएको र पाँचौ बार्षिकोत्सब तथा तेस्रो अधिबेशनको दिन बिजेता घोषणा गर्ने पुर्व जानकारी गराए अनुरुप नै भाग्यशाली चिट्ठा खोलि बिजेताको घोषणा गरिएको थियो ।