धारापानीकी १३ बर्षिय बिचीन अपहरणमा परेको भन्दै खोजी गरिदिन परिवारको अनुरोध

  • ६ श्रावण २०७५, आईतवार
  • 5659 पटक पढिएको

म्याग्दी, ५ साउन । म्याग्दीको धौलागिरि गाउँपालिका–७ धारापानीकी एक बालिका साउन ३ गतेदेखि घरपरिवारदेखि सम्पर्क विहिन भएकी छीन् । धारापानी निवासी मैना बानियाँको १३ बर्षिय छोरी बिचिन बानियाँलाई साउन ३ गते अपरिचित महिलाले घरबाटै ललाई फकाई गरि अपहरण गरेको उनका घरपरिवारले जनाएका छन् । धारापानीबाट दरबाङ हुँदै बेनीसम्म आएको पत्ता लागेपनि बेनीदेखि घरपरिवारको सम्पर्क विहिन भएकी हुन् ।

किसानी माविको कक्षा ६ मा अध्ययनरत बानियाँ बेनीको जिप पार्कमा एक बयस्क महिलासंगै देखिएको सिसी टिभि फुटेजबाट पत्ता लागेपनि उनलाई कहाँ र कस्ले लगेको हो भन्ने अझै खुल्न नसकेको उनका आफन्त अनुप बानियाँले बताए । घरपरिवारले आफ्नो छोरी अपहरणमा परेको र खोजीको लागि प्रहरीलाई समेत निवेदन बुझाएका छन् भने उनको बारेमा केही खवर पाएमा सम्पर्क गरिदिन अनुरोध गरेका छन् । उनलाई देखेमा सम्पर्कको लागि ९८०६१४१८५७र्