नेपाली कांग्रेस म्याग्दीले मनायो ३६ औं विपी स्मृति दिवस

  • ६ श्रावण २०७५, आईतवार
  • 2178 पटक पढिएको


बेनी, ६ साउन । नेपाली कांगे्रस म्याग्दीले नेपालका प्रथम जननिर्वा्चित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३६ औं विपी  स्मृति दिवस मनाएको छ । काग्रेसका संस्थापक नेता विपीको स्मृति दिवसका अवसरमा म्याग्दीले आईतबार पार्टी कार्यालय बेनीमा नेता तथा कार्यकताहरुको उपस्थितमा विपिको फोटोमा माल्यार्पण गर्दै मनाएका थिए । नेपाली काग्रेस जिल्ला उपसभापति माधप्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बतmाहरुले सरकारले गरेको कर बृद्धि विपिको समाजवाद भन्दा उल्टो रहेको बताएका थिए । त्यस्तैे नेताहरुले विपीको संघर्ष, योगदान र आदर्श चरित्रबारे पार्टीले नयाँ पुस्तालाई जानकारी दिन नसकेको भन्दै उनीहरुले त्यसतर्फ नेतृत्वको ध्यानाकर्षण गराए थिए ।


पाटीका सचिव तथा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले कांग्रेसले विपी दर्शन र उनको प्रजातान्त्रिक समाजवादलाई नर्बिसिएको बताए । त्यस्तै पाटीका पुर्व उपसभापति नेत्रबहादुर महत, प्रवक्ता अजमिलन श्रेष्ठ महासमिति सदस्य चिरञ्जीवी शर्मा, महिला संघकी अध्यक्ष विमला गौचन र तरुण दल अध्यक्ष मुकुन छन्त्याल र सदस्य तथा रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी लगायतले विपीको आर्दशको धरातल, नैतिकता तथा त्याग र तपस्याको अवस्था अहिले घटदै गएपनि नीतिगत विषयमा कांग्रेस पछि नपरेको भन्दै कम्युनिष्टको पछि लागेर पाटीले प्रजातान्त्रिक समाजवाद र्विस्यो भन्दै नहिड्न कार्यकर्तालाई आग्रह गरेका थिए ।


सचिव क्याप्टेन मिनबहादुर कार्कीको स्वागत मन्तव्य तथा सह– सचिव भरत बहादुर रकालको संचालनमा भएको श्रद्धाञ्जली कार्यक्रममा पाटी निकट भाद्री संगठनका अध्यक्ष तथा सदस्यको उपस्थित रहेको थिए । प्रजातन्त्रको संस्थापक चिनिने नेता विपी कोइरालाको २०३९ साल साउन ६ गते निधन भएकाले नेपाली कांग्रेसले वर्षे्नि साउन ६ गतेको दिनलाई विपी स्मृति दिवसको रुपमा मनाउदै आएको छ ।