पहिरो पिडितलाई राहत उपलब्ध गराउने

  • ५ श्रावण २०७५, शनिबार
  • 1657 पटक पढिएको

म्याग्दी ५ साउन । जलजला गाउँ कार्यपालिकाको विपद् ब्यवस्थापन समितिले धाईरीङ र लस्तीका पहिरो पिडितलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को निर्देशनमा विपद् व्यवस्थापन समितिका संयोजक भिष्म मल्लको अध्यक्षतामा शुक्रबार बसेको बैठकले पहिरो पिडितलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

जलजला गाउँपालिका ७ धाईरीङ र ८ लस्तीमा बुधबारको पहिराका कारण एक जनाको मृत्य, तिन घाईते र बिस घर विस्थापित भएका थिए । मृतकका परिवारलाई पचास हजार, घाईते र घर पूर्ण क्षत्ती भएकालाई पच्चीस हजार रुपैयाका दरले राहत उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका सल्लाहकार याम शर्मा पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिरोबाट घर पूर्ण क्षत्ती भएकालाई मर्मतका लाई दश हजार रुपैया नगद र दश थानका दरले तारजाली उपलब्ध गराउने निर्णय भएको छ । यस्तै आंक्षीक क्षत्ती भएकालाई प्राबिधीकको सुझाव अनुसार पाँच हजार नगद र पाँच थान जाली उपलब्ध गराउने निर्णय भएको सल्लाहकार शर्माले जानकारी दिनुभयो । लस्ती बेरनेटामा घर माथिबाट आएको पहिरोले पुरिँदा १७ वर्षिय विकास परियारको मृत्यु भएको थियो । पहिरोले घर पुरीदा घाइते भएका चार जनाको पोखराको गण्डकी अस्पतालमा उपचार भईरहेको छ ।

अध्यक्ष मल्लले अस्पतालमा पुगेर घाईतेको अवस्थाको बारेमा जानकारी लिनुभएको छ । पहिरो नियन्त्रण र बस्ती बजार संरक्षणका लागि सहयोग गर्न गाउँपालिकाले संघीय र गण्डकी प्रदेश सरकारसंग माग गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले बताउनुभयो ।