सांसद केसीद्वारा यातायात क्षेत्रलाई ब्यवस्थापन गर्न ध्यानाकर्षण

  • ५ श्रावण २०७५, शनिबार
  • धिरन खत्री
  • 1888 पटक पढिएको

 


म्याग्दी, ५ साउन । गण्डकी प्रदेशका सांसद विनोद केसीले यातायात क्षेत्रलाई ब्यवस्थीत बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार बसेको गण्डकी प्रदेशको प्रदेश सभामा विशेष समय लिएर बोल्दै सांसद केसीले सार्वजनिक यातायात क्षेत्रलाई ब्यवस्थित बनाउन ध्यानाकर्षण गराएका थिए ।
संघिय सरकारले यातायात क्षेत्रमा रहेको सिण्डिकेट हटाउन सुरु गरेको पहल सकारात्मक रहेपनि ब्यवस्थापनको पक्ष कमजोर देखिएको भन्दै सरकारले यसतर्फ विशेष ध्यान दिनुपर्ने सांसद केसीले बताए । यातायात ब्यवस्था कार्यालयमा सेवा लिदाँ कमिशनको चलखेल हुने गरेको गुनासो बढेको भन्दै केसीले ब्यवसायीहरुलाई सरल सहज तवरले सेवा लिने वातावरण बनाउन प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।
सरकारले सिण्डिकेट हटाएको घोषणा गरेपनि पटके अनुमतिलाई ब्यवस्थित बनाउन नसक्नु, बैधानिक तवरले अनुमति नदिनुले सार्वजनिक यातायात सेवा कमजोर हुदै गएको बताउदै यथाशिघ्र समस्याको समाधान गर्न माग गरेका थिए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l