बेनीमा एकिकृत सम्पत्ती कर लागू

  • ४ श्रावण २०७५, शुक्रबार
  • 2112 पटक पढिएको

 

म्याग्दी ३ साउन । म्याग्दीको बेनी नगरपालिकामा नयाँ आर्थिक बर्ष २०७४÷०७५को सुरुवात संगै एकिकृत सम्पत्ती कर लागू भएको छ । नगरपालीकाको आन्तरीक आम्दानीलाई व्यवस्थित र वृद्धी गर्न एकीकृत सम्पत्तीकर लागु गरिएको हो । घर र जग्गाको छुट्टा छुट्टै कर तिर्दा हुने भञ्जटबाट मुक्त गर्न समेत एकिकृत सम्पत्ती कर प्रभावकारी हुने नगर कार्यपालिकाका प्रवत्ता रामकृष्ण बराईलीले बताए ।

बेनपा ८ का गणेश भण्डारीले बिहीबार पहिलो पटक नगरपालिकालाई एकिकृत सम्पत्ती कर बुझाउनुभएको छ । भण्डारीले दुई हजार ४५० रुपैया कर बुझाउनुभएको वडा सचिव कृष्ण सुवेदीले जानकारी दिए । बेनी नगरपालिकाको अन्य वडाहरुमा पनि सम्पत्ती कर संकलन सुरु भएको छ । अचल सम्पत्ती (घरजग्गा) को विवरण संकलन, मूल्याङ्कन र कर निर्धारण गरेर एकिकृत सम्पत्ती कर लागू गरिएको हो । सम्पत्तीको आधारमा तिरीने, जग्गा र संरचनाको पटक पटक कर तिर्न नपर्ने हुँदा दोहोरो नपर्ने, आफूले तिर्नुपर्ने रकमको बारेमा पहिलेनै जानकारी हुने भएकाले एकिकृत सम्पत्तीकर वैज्ञानीक र बढी न्यायोचित हुने नगर प्रमुख हरिकुमार श्रेष्ठले बताए  ।

सम्पत्तीकरको रुपमा संकलित रकम नगरको विकास र जनताको सुबिधामा परिचालन गरिने उनले बताए ।  यस वर्ष एकिकृत सम्पत्तीकरबाट एक करोड रुपैया आन्तरीक आम्दानी गर्ने नगरपालिकाको लक्ष्य छ ।