जन्मदीनको अवसरमा सुवेदीले गरे दृष्टिविहिनलाई शैक्षिक सामाग्री सहयोग

  • ४ श्रावण २०७५, शुक्रबार
  • 2183 पटक पढिएको

म्याग्दी, ४ साउन ।  म्याग्दीका एक युवाले आफ्नो जन्मदीनको अवसरमा दृष्टिविहिन छात्रालाई शैक्षिक सामाग्री सहयोग गरेका छन् । म्याग्दीको मंगला गाउँपालिका–२ तल्लो डडुवा घर भई हाल बेनी स्थित लोकदिप बचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक रहेका नेत्रराज सुवेदीले आफ्नो जन्मदिनको अवसरमा शुक्रवार म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा धनमायाँ विकलाई शैक्षिक सामाग्री सहयोग गरेका हुन् ।

विएड प्रथम बर्षमा अध्ययनरत दृष्टिविहिन छात्रा धनमायाँलाई सुवेदीले अडियो बुक, ब्रेल पेपर, पेन ड्राइभ र अडियो प्लेयर लगायतका शैक्षिक सामाग्री हस्तान्तरण गरेका हुन् । जन्मदीनको अवसरमा हुने फजुल खर्चलाई कटाएर आफुले दृष्टिविहिन छात्राको अध्ययनको सहजताको लागि सहयोग गरेको सहयोगदाता सुवेदीले बताए । अघिल्लो बर्षको जन्मदीनमा समेत दृष्टिविहिन छात्र गोपाल खत्रीलाई शैक्षिक सामाग्री सहयोग गरेका सुवेदीले धनमायाँको लागि अन्य तहका अडियो बुकहरु समेत उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

कार्यक्रममा क्याम्पसप्रमुख टिकाराम सापकोटा र दृष्टिविहिन छात्रा धनमायाँले आफ्नो जन्मदीनको अवसरमा सहयोग गरेकोमा सुवेदीलाई धन्यबाद ज्ञापन गरेका थिए भने हरिकृष्ण गौतमले कार्यक्रममाथि प्रकाश र हरिकृष्ण आचार्यले कार्यक्रमको सञ्चालन गरेका थिए ।