सिफ्फो टु परियोजनाद्धारा परिवार नियोजनका सामाग्री सहयोग

  • २ श्रावण २०७५, बुधबार
  • 2319 पटक पढिएको

बेनी २ साउन । म्याग्दीमा सञ्चालित परिवार नियोजन सेवा सुदृढीकरण परियोजना (सिफ्फो टु)ले स्वास्थ्य संस्थाहरुलाई सामाग्री सहयोग गरेको छ । बेनीमा बुधबार आयोजना गरिएको कार्यक्रममा परिवार नियोजन सेवा प्रवाहमा प्रयोग हुने औजारहरु उपलब्ध गराइएको हो । पिपीआईसीडि १८ सेट, आईयुसीडि ४३ सेट, भिरेक्स २१ सेट, भ्यासेक्टोमी ३ सेट, सर्जीकल ड्रम तिन सेट, सर्जिकल ड्रम १० पिस उपलब्ध गराइएको परियोजनाका जिल्ला संयोजक कल्पना गुरुङले जानकारी दिनुभयो ।

संयोजक गुरुङले जिल्ला स्वास्थ्य प्रमुख डाक्टर रोशन न्यौपाने र परिवार नियोजन सुपरभाईजर नारायणप्रसाद रेग्मीलाई सामाग्री हस्तान्तर गर्नुभएको थियो । दुर्गम र ग्रामिण क्षेत्रका स्वास्थ्य संस्थामा परिवार नियोजन सेवा विस्तार गर्ने उद्देश्यले औजार, उपकरण सहयोग गरिएको परियोजनाले जनाएको छ । सो कार्यक्रममा संयोजक गुरुङले पछिल्लो ४ महिनाको अवधिमा १४ स्थानमा सञ्चालित घुम्ती परिवार नियोजन शिवीर मार्फत ७९ जनालाई स्थाई परिवार नियोजन सेवा दिएको जानकारी गराउनुभएको थियो ।

परियोजनाले विगत तिन वर्षयता म्याग्दीमा ग्रामिण स्वास्थ्य संस्थामा परिवार नियोजन सेवा विस्तार, औजार, घुम्ती शिवीर, चेतनामुलक कार्यक्रममा सघाउदै आएको छ । जिल्ला स्वास्थ्य प्रमुख न्यौपानेले परियोजनाले परिवार नियोजन सेवा दुर्गम र विकट क्षेत्रमा विस्तारका लागि सहयोग पुगेको बताउनुभयो ।

४१ वटै स्वास्थ्य संस्थामा स्थाई परिवार नियोजन सेवा विस्तारमा प्राथमिकता दिएको जानकारी दिनुभयो । परिवार नियोजन संयोजक रेग्मीले अघिल्लो वर्षको तथ्यांक अनुसार ३९ प्रतिशत जोडिले स्थाई र अस्थाई परिवार नियोजनका साधन प्रयोग गर्ने म्याग्दीमा सेवा विस्तारका लागि जनचेतना वृद्धीमा जोड दिनुपर्ने देखिएको छ ।