तीन दिनदेखी बिद्युत आपुर्ति ठप्प हुदा करिब चार सय घरधुरी अन्धकारमा

  • २ श्रावण २०७५, बुधबार
  • 2287 पटक पढिएको

म्याग्दी २ साउन । म्याग्दीको मालिका गाउँपालिका — ४ च्युरिबोटमा तीन देखी बिद्युत आपुर्ति बन्द भएको छ । ३० किलोवाट क्षमता रहेको दाजुङखोला लघुजल बिद्युत परियोजना बन्द भएको हो । सोमबार बिद्युत गृहमा रहेको टरवाइनको बेरिङमा क्षति हुदा बिद्युत आपुर्ति बन्द भएको दाजुङखोला लघुजलबिद्युत संस्थाका अध्यक्ष नन्द बहादुर घर्ति मगरले बताउनुभएको छ ।

बिद्युत आपुर्ति ठप्प हुदा तीन सय ९४ घरधुरि अन्धकारमा बस्न बाध्य भएको अध्यक्ष घर्ति मगरले जानकारि दिनुभयो । तरवाइनको बेरिङ मर्मत गरि केहि दिनमा नै बिद्युत आपुर्ति सेवा सुचारु गरिने अध्यक्ष घर्ति मगरले बताउनुभयो । केन्द्रीय बिद्युत नपुगेको च्युरिबोट वडा र मालिका गाउँपालिका वडा नं ३ डाडांगाउँका केहि बस्तीका सेवाग्राहिहरुले स्थानिय सो लघुजलबिद्युत परियोजनाबाट नै बिद्युत सेवा उपभोग गर्दै आएका छन । बिद्युत आपुर्ति बन्द हुदा सञ्चार सेवा सहित बिद्युतिय सामाग्रिहरु पुर्ण रुपमा ठप्प भएको छ ।