लभ्ली हिलमा म्याग्दी जेसीजद्वारा बोर्ड स्थापना

  • ३१ असार २०७५, आईतवार
  • 1941 पटक पढिएको

सन्दीप खत्री
म्याग्दी जेसीजको पर्यटन प्रबद्र्धन कार्यक्रम अन्तर्गत शनिबार बेनी नगरपालिका २ स्थित लभ्लीहिलमा बोर्ड स्थापना गरेको छ । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष श्रीधर वस्यालको प्रमुख आतित्थ्यतामा भएको एक कार्यक्रमका वीच उक्त बोर्डको स्थापना गरिएको हो ।

कार्यक्रममा बोल्दै अध्यक्ष वस्यालले जेसीजले म्याग्दी जेसीजले गरेको बोर्ड स्थापना कामको प्रशसंसा गर्दै आगामी दिनमा पनि स्थानीय तहसँग सहकार्य गर्दै क्रियाकलाप अगाडि बढाउन आग्रह गरे । त्यसैगरी २ नं. वडा अध्यक्ष हिराबहादुर थापाले जेसीजले लभ्लीहिलमा गरेको बोर्ड स्थापनाले पर्यटन प्रवद्र्धनको विकासका लागि थप टेवा पुग्ने अपेक्षा व्यक्त गरे । म्याग्दी जेसीजका पूर्व उपाध्यक्ष तथा हाल जापनमा रहेका प्रदीप कार्कीले बोर्डको सौजन्य गरेका थिए । कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठ, नेपाल जेसीजको महासचिव श्रीराम पौडेल, नेपाल जेसीजका उपाध्यक्ष श्याम सुन्दर पौडेल, पर्वत जेसीजका अध्यक्ष राजन जोशी, म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

म्याग्दी जेसीजका शाखा अध्यक्ष कमल विश्वकर्माको अध्यक्षता, कार्यक्रम संयोजक खम थापाको सञ्चालत तथा लभ्ली हिल पूर्वाधार विकास समितिका अध्यक्ष धु्रव कार्कीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । साथै सोही दिन जेसीजको सचिवालयमा राष्ट्रिय अध्यक्ष वस्यालसँग आएको टोलीलाई स्वागत तथा भेटघाट गरिएको थियो ।