दोस्रो साधारण सभाबाट मोना यूएईको अध्यक्षमा रुद्रबहादुर रोका

  • ३० असार २०७५, शनिबार
  • 2074 पटक पढिएको


मोना ३० असार । म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूएईको दोस्रो साधारण सभाबाट अध्यक्षमा रुद्र बहादुर रोका मगर सहितको नयाँँ कार्यसमिति चयन भएको छ । समितिको बरिष्ठ उपाध्यक्षमा विक्रम अधिकारी, उपाध्यक्ष टेक फगामी, महिला उपाध्यक्ष बुद्धिमायाँ राम्जाली, महासचिव सुवास राम्जाली, सचिव काजिमान बुढाथोकी, कोषाध्यक्ष बेग प्रसाद पुन, सह कोषाध्यक्ष अर्जुन कार्की रहेका छन् ।
समितिको सदस्यमा शिव गिरी, दानबहादुर थापा, याम कुमारी रोका, रविन मल्ल र कुमार कार्की चयन रहेका छन् । साधारण सभाको मोना आइसीसीका अध्यक्ष चक्र बहादुर थापा र संस्थापक अध्यक्ष प्रकाश पुनले संयुक्त रुपमा उद्घाटन गरेका थिए।
कार्यक्रममा बोल्दै मोना आइसीसीका अध्यक्ष थापाले रोजगारको शिलशिलामा विश्वभर रहेका म्याग्देलीलाई मोनामा आवद्ध गर्ने अभियानलाई तिब्रता दिएको बताए । पुर्व अध्यक्ष पुनलेपनि मन्तव्य राखेका थिए । एनआरएन यूएईका अध्यक्ष रमेश श्रेष्ठ, मोना यूएईका प्रमुख सल्लाहकार प्रदिप सुबेदी लगायतले मन्तब्य राखेका थिए ।
मोना युएईका अध्यक्ष प्रकाश कार्कीको अध्यक्षर्ता, खेलकुद समितिका अध्यक्ष रुद्ध रोकाको स्वागत , बेग प्रसाद पुनको आर्थिक प्रतिबेदन र विधान संसोधन समितिका प्रदिप सुबेदीको प्रस्तुत गरेका विधानलाई अनुमोदन गरिएको थियो । सो कार्यक्रममा विभिन्न सास्कृतिक कार्यक्रमपनि प्रस्तुत गरिएको थियो ।