बेनी नगरपालिकाले पुर्ण खोप घोषणालाई निरन्तरता

  • ३० असार २०७५, शनिबार
  • धिरन खत्री
  • 1409 पटक पढिएको

म्याग्दी, ३० असार । बेनी नगरपालिकाले पुर्ण खोप सुनिश्चितता तथा दिगोपनाको लागि नगर पुर्ण खोप घोषणालाई यस आर्थिक बर्षपनि निरन्तरता दिएको छ । २०७१ साल १२ महिना १५ गते म्याग्दीलाई पुर्ण खोप जिल्ला घोषणा गरेपछि बेनी नगरपालिकाले प्रत्येक वडामा १६ देखि २३ महिनाको बच्चाहरुलाई प्रभावकारी रुपमा पुर्ण खोप लगाउदै निरन्तरता दिएको हो ।


नगरपालिका भित्रका स्वयमसेविका र स्वास्थ्यकर्मीको सहयोगमा बच्चाहरुको खाका तयार गरि घरघरमा विवरण सर्वेक्षण गर्दै १६ महिना देखि २३ महिनाका ५ सय ५३ जना बच्चाहरुलाई खोप लगाईएको थियो । सर्वेक्षणका क्रममा सो उमेरका बच्चाहरुको नछुटेपछि पुर्ण खोप नगरपालिका घोषणालाई निरन्तरता दिएको हो । नगरपालिका १ वडामा ५०, २ मा ६१, ३मा ५४, ४ मा ७१, ५ मा ४८, ६ मा ३७, ७ मा ७९, ८ मा ७७, ९ मा ४८, १० वडामा २८ जनालाई खोप लगाईएको थियो ।

बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बौल्दै प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बालबच्चाहरुको स्वास्थ्थलाई निरोगी बनाउन पुर्ण खोपको प्रभावकारी कार्यान्वयनलाई आगामी बर्षमा पनि निरन्तरता दिन सबैलाई आग्रह गरेका थिए ।
सो अवसरमा प्रमुख प्रशासकिय अधिकृत लोकनाथ भूषाल, बेनी अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मी, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. रोशन न्यौपानै र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य लगायले बालबच्चाहरुको शारिरिक र मानसिक रुपमा बलियो बनाउन पुर्ण खोप लगायतको स्वास्थ्य क्षेत्रका अन्यसेवाहरु पनि प्रभावकारी उपलब्ध गराउन जोड दिएका थिए । कार्यक्रमको सहजिकरण नगरपालिका स्वास्थ्थ संयोजक लिला गौतमले गरेकी थिईन ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l