शुसासन, पारदर्शीता र जवाफदेहीताका लागि सूचनाको हक कार्यान्वयनमा जोड

  • २८ असार २०७५, बिहीबार
  • सन्तोष गौतम
  • 1946 पटक पढिएको

बेनी, २७ असार । म्याग्दीका सरोकारवालाहरुले शुसासन, पारदर्शीता र जवाफदेहीताको विकासका लागि सूचनाको हक सम्बन्धि ऐन कार्यान्वयनमा जोड दिएका छन् ।

जिल्ला हुलाक कार्यालयले आयोजना गरेको कार्यक्रममा सहभागी जनप्रतिनिधि, कर्मचारी र नागरीक समाजका प्रतिनिधिहरुले सूचनाको हक भ्रष्ट्राचार, अनियमितता, अपारदर्शीताको समस्या न्युनीकरणका लागि कार्यान्वयन हुनुपर्नेमा जोड दिएका हुन् ।

प्रजिअ लिलाधर अधिकारीले जनप्रतिनिधी, कर्मचारी र सबै क्षेत्रले स्वच्छ आलोचनालाई स्वागत गर्नुपर्ने बताउदै परिणाममुखी काम गर्नुपर्ने, अभिलेखको व्यवस्थापन गर्नुपर्ने, नेतृत्व जिम्मेवार बन्नुपर्ने र विद्युतीय सञ्चार माध्यमको उपयोग गर्न सकिने बताउनुभयो ।

जिल्ला वन अधिकृत माधव देवले जनता र सम्बद्ध निकायमा सूचनाको हकमा भएका व्यवस्थाको बारेमा जानकारीको कमी भएको बताउदै ऐनको प्रचारप्रसार गर्नुपर्ने बताउनुभयो । उहाँले कार्यालयहरुले संयुक्त रुपमा प्रगति विवरण सार्वजनीक गर्ने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।

बेनी नगरपालीका ७ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ, ४ का गोविन्द पौडेल र ६ का वडा अध्यक्ष कृष्णबहादुर बानियाले के कति सूचना प्रवाह गर्न मिल्ने, नमिल्ने भन्ने विषयमा सबैलाई जानकारी हुनुनर्पे बताउनुभयो ।

गैरसरकारी संस्था महासंघका अध्यक्ष हरिप्रसाद पौडेल र पत्रकार महासंका प्रदेश सदस्य सन्तोष गौतम, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले समयमै सहित सूचना प्राप्त गर्ने व्यवस्था मिलाउनुर्पे बताउनुभयो ।

जिल्ला हुलाक अधिकृत साधनाकुमारी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको पत्रकार महासंघका शाखा अध्यक्ष तारानाथ शर्माले सहजिकरण गर्नुभएको थियो । कानुनले निधेष गरेका बाहेकका सार्वजनीक महत्वका विषयमा सूचना पाउने र सम्प्रेषण गर्ने संबैधानीक व्यवस्था अनुसार प्रत्येक कार्यालयमा तोकिएका सूचना अधिकारी वा प्रवत्ताबाट सूचना लिन सक्ने अवस्था छ ।

सन्तोष गौतम