नीतिको प्रभावकारी कार्यान्वयनको लागि बेनी नगरपालिकामा ज्ञापनपत्र

  • २६ असार २०७५, मंगलवार
  • धिरन खत्री
  • 1423 पटक पढिएको


म्याग्दी, २६ असार । अन्तर धार्मिक संजाल म्याग्दीले समाज रहेको परम्परागत महिलाहिशां, बालविवाह, हानिकारक परम्परागत अभ्यास र लैङ्गिक विभेद विरुद्ध बनेका नीतिहरुलाई प्रभावकारी कार्यान्वयनको माग गर्दै बेनी नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । महिला हिसां विरद्ध अन्तर धार्मिक राष्ट्रिय संजाल म्याग्दीका अध्यक्ष कृष्णप्रसाद शर्मा आचार्यको टोलीले नगरपालिकाकी उप–मेयर सञ्जु बरुवाललाई ज्ञापनपत्र बुझाएका हुन् ।
हिन्दु, ईस्लाम, मुस्लिम, किरात लगायतको जातीहरु विच गठन गरिएको अन्तरधार्मिक संजालले मानवमा धर्म भाषा, कलासस्कृति फरक भएपनि समाजमा निरन्तर रहेको परम्परागत विभेदलाई अन्त्य गर्न नगरपालिकामा बनेको नीतिगत प्रावधानलाई प्रभावकारी कार्यान्वयन गर्न माग गर्दै जापन पत्र बुझाईएको अध्यक्ष आचार्यले बताए ।
ज्ञापनपत्र बुझ्दै – उप–मेयर सञ्जु बरुवालले समाजमा रहदै आएका परम्परागत विभेदपुर्ण संस्कारलाई अन्त्य गर्न नीतिगत कुराहरु निर्माण भईसकेको बताउदै प्रभावकारी कार्यान्वयनमा पहल गर्ने बताएकी थिईन । नीतिगत निर्माणमा छुटेका विषयलाई बरुवालले कार्यपालिकाको बैठकमा उपलब्ध गराएर छलफल गर्ने जानकारी दिएका थिईन ।
जापनपत्र बुझाउन सिविन नेपालका जिल्ला संयोजक प्रेम सोङ्गमेन, अन्तरधार्मिक संजाल म्याग्दीका सचिव लोकनाथ भुषाल लगायत सदस्यको उपस्थित भएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l