सुधारीएर जानुपर्छ कांग्रेस

  • २३ असार २०७५, शनिबार
  • 3265 पटक पढिएको

देशमा तिनै तहको निर्वाचन भै सकेपछि नेपाली कांग्रेस प्रतिपक्षको भूमिकामा परेको छ । कांग्रेसहरु अतालिएर एक अर्कोलाई दोषारोपन गर्ने काम मात्र गरी रहेका छन् । केन्द्रस्तर देखि वडास्तरसम्म कांग्रेसको इज्जतनै हराएको छ । वडास्तरमा पनि विकास योजनाहरु आआफै योजना लिन्छन् निर्णय गर्दछन । बोलाईहाले पनि हाम्रो कुरा नै सुन्दैनन् । निर्वाचित सत्ता पक्ष भनेर अहम भावना लिएका छन् ।


योजनाको उपभोक्ता समितिमा आफ्नै मान्छैमात्र राख्ने गर्दछन् कित वडा कठिनले कांग्रेसमा आएकालाई आफ्नो पक्ष बनाउन अध्यक्षनै बनाएका छन् । यस्ता क्रियाकलापले अव कांग्रेहरु पनि जुर्मुराउन पर्ने देखिन्छ । भएका कांग्रेस पनि तानिन थालेको बुझिन्छ भने अर्कोतर्फ नेपाली काँग्रेसभित्र के देखिन्छ भने नेताहरुमा कस्ले खर्च गर्न सक्छ भन्ने भावना र जनताहरु यूवाहरुमा कस्ले खान दिन सक्छ खान पाईन्छ कि खान पाईदैन भन्ने खाल्को भावना लुकेको देखिन्छ ।
यस्मा हामी कांग्रेसहरु खान पाईन्छ कि पाईदैन भन्ने भन्दा मैले पाटीलाई के कति सहयोग गर्न सक्छु, आर्थिक बौद्धिक शारिरिक आदि विभिन्न क्षेत्रबाट सहयोग योगदान गर्ने बानी बसाल्न सिकौ । साथै यस कार्य प्रर्ति चेतना जगाउने काम गर्न अतिआवश्यक देखिन्छ । अनि पाटी कसरी बृद्धि गर्ने, के भनेर, के गरि दिएर, आफ्नो पार्टीमा ल्याउने तान्ने भन्ने कुरा कसैले गदैनन्, भाषण मात्र गरेर आकाश छोएर पनि छुन गाह्रो छ ।
खाने बेलामा काँग्रेस र भोट हाल्दा एमाले हुन्छन । बल्ल तल्ल बनाएको कांग्रेस पनि एमालेको मिठो र मुहाने बोलिले उतै तान्न सफल भएको छन् । यसैले अव नेपाली कांग्रेस हरेक पक्ष र तहबाट पार्टीलाई कसरी अथाडी लैनाने मेराने आफनो के कति केमा बुद्धि क्षमता छ । त्यो पार्टीलाई दिन्छु सहयोग मदत गर्छु भन्ने भावनाको विकास गरी हरेक पक्षबाट सबै कांग्रेसहरु सुधारीएर जानुपर्छ भन्ने आकंलन गरेको छ ।

पदमबहादुर पुर्जा,अन्नपुर्णा १ दाेवा