पछिल्लो अपडेट: मुस्ताङमा टिप्पर दुर्घटनामा १९ जनाको मृत्यु

  • २२ असार २०७५, शुक्रबार
  • 2164 पटक पढिएको

बेनी, २२ असार । मुस्ताङको दामोदरकुण्ड गाउँपालिका ३ ःयाङ्बोचेमा बा २ क २२१९ नम्बरको टिप्पर दुर्घटना हुँदा १९ जनाको मृत्यु भईसकेको छ । भने १३ जना घाइते भएका छन् । कालीगण्डकी सडक आयोजनाका काम गर्ने मजदुर दुर्घटनामा परेको जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रहरी हवल्दार रामबहादुर थापाले जानकारी दिए ।

उनीहरुको सनाखत हुन बाँकी रहेको छ । घाइतेमध्ये ५ जनाको अवस्था सामान्य रहेको छ भने अरुको अवस्था गम्भीर छ ।  प्रहरीका अनुसार टिपरमा ३२ जना सवार थिए ।
घाइतेको उद्धारका लागि जिल्ला प्रहरी कार्यालय मुःताङबाट प्रहरी निरीक्षकको नेतृत्वमा १० जना प्रहरी पुगेका छन् ।
दिउँसो २ बजे भएको दुर्घटना पछि घाइतेको उद्धारका काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर पुगिसकेकाे छ  ।  घटनास्थलमा पुग्न मुस्ताङको सदरमुकामबाट गाडिमा ३ घण्टाको दुरी रहेको छ ।