खेलकुदमा महिला सहभागिता वृद्धि गर्न दुईदिने तालिम

  • १९ असार २०७५, मंगलवार
  • धिरन खत्री
  • 3067 पटक पढिएको

म्याग्दी, १९ असार । “महिला हिसां विरुद्ध हाम्रो संकल्प, खेलकुदमा महिला सहभागिता उत्तम विकल्प” भन्ने मुल नाराका साथ म्याग्दीको बेनीमा खेलकुदमा महिला सहभागिता अभिवृद्धि सम्वन्धि दुई दिने तालिम सुरु भएको छ । माध्यमिक तहमा अध्ययनरत छात्र विद्यार्थीहरुको खेलकुद क्षेत्रमा भएको सम्भावना र अवसरमा बढी सहभागिता गराउने उद्देश्यले अभिवृद्धि तालिम आयोजना गरिएको हो ।


जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको अभिवृद्धि सम्वन्धि दुई दिने तालिममा ७ विद्यालयमा छात्र विद्यार्थीहरु सहभागि भएका छन् । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै बेनी नगरपालिका उप–मेयर सञ्जु बरुवालले अन्तराष्ट्रियस्तरको खेलमा म्याग्दीबाट सहभागि भएर धेरै महिला खेलाडीहरुले उतकृष्ट प्रर्दशन गर्दै नाम दाम कमाउन सफल भएको बताउदै खेलकुद क्षेत्रमा भएको सम्भावनामा क्षमता र आत्मविश्वासका साथ सहभागिता जनाउन छात्राहरुलाई आग्रह गरेकी थिईन । उपमेयर बरुवालले खेलकुद क्षेत्रमा मात्र नभएर सामाजिक क्षेत्रमा ब्यक्तिगत सुरक्षासगै सामाजिक क्षेत्रमा भएको महिलाहरुको नेतृत्वलाई सदुपयोग गर्न यस तालिमले सहयोग पु¥याउने बताईन ।


त्यस्तै राष्ट्रिय खेलकुद परिषद नेपालकी सदस्य अस्मिता गुरुङले खेलकुदले महिलाहरुको क्षमता,आत्मविश्वास र खेलकुदमा सक्रिय सहभागितामा सहयोग पु¥याएको बताउदै तालिमबाट सिकेको ज्ञान ब्यवहारमा प्रयोग गर्न आग्रह गरेकी थिईन । उनले खेलकुदले छोटो समयमा नाम दाम दुवै उपलब्ध गराउने बताउदै तालिमसंगै शारिरिक रुपमा कडा मेहनत गनुपर्ने बताएकी थिईन ।
त्यस्तै सो कार्यक्रममा बेनी नगरपालिका वडा ६ अध्यक्ष कृष्णकुमार बानियाँले शुभकामना मन्तव्य राखेको थिए । भने वडा ७ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, वडा ८ का रामकृष्ण बराईली र राष्ट्रिय खेलकुद परिषदका क्षेत्रीय अध्यक्ष सम्पन्न श्रेष्ठको उपस्थित भएको थियो ।


समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माको अध्यक्षता तथा स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सदस्य विरेन्द्र श्रेष्ठले गरेका थिए ।
दुईदिनसम्म संचालन हुने तालिममा करिव एकसय छात्रा विद्यार्थीहरुमाझ जिल्लाबाट सहभागि भएर राष्ट्रियस्तरमा नाम कमाउन सफल खेलाडीहरुको चर्चा सहभागि माझँ बोल्ने बक्ताहरुले गरेको थिए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l